श्रीमती धेरै राम्री भएपछि श्रीमानलाई टेन्सन, उठाए यस्तो कदम कि सुन्दा पनि डर लाग्छ
एजेन्सी। पुरुषहरु आफ्नी श्रीमती सुन्दर होउन् भन्ने चाहन्छन् । बिहेअघि वा प्रेमका लागि पनि युवकहरु धेरैजसो सुन्दर युवती नै खोज्छन् । भारतको मुम्बइमा बस्ने एक युवककी श्रीमती पनि निकै सुन्दर थिइन् । तर, ती युवकलाई आफ्नी श्रीमतीको सुन्दरता देखेर जलन हुन थालेपछि निकै खतरनाक काम गरेका छन् ।
यी युवकलाई डर थियो कि आफ्नी सुन्दरी श्रीमतीमाथि शहरका पुरुषहरुको कुदृष्टि पर्नेछ । यही कारण उनले यतिसम्म खतरनाक काम गरे कि सुन्दा समेत मुटु काँप्छ । मिडिया रिपोर्टका अनुसार यो घटलाई अहिले मुम्बइको क्राइम ब्रान्चले हेरिरहेको छ । आरोपीको नाम राज रायकवार बताइएको छ । उनीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।
राज बलिउडमा काम गर्छन् यही कारण उनी मुम्बइमा बस्छन् । उनको परिवार भने जबलपुरमा बस्छन् । करिब १२ वर्ष पहिले राजको बिहे भएको थियो । राजका २ छोराछोरी पनि छन् । राजकी पत्नी निकै सुन्दर छिन् । यही कारण राजलाई डर थियो कि शहरका पुरुषहरुले उनी पत्नीमाथि कुदृष्टि लगाउनेछन् । यही डरका कारण एक दिन उनले आफ्नी श्रीमतीको अनुहारभरी लामखुट्टे मार्ने क्वाइल अड्याउने स्ट्याण्डले नराम्रोसँग कोतरीदिए । उनकी पत्नीले घरेलु हिंसा र दाइजोको विषयमा मुद्दा दर्ता गराएकी छिन् ।
September 1, 2018 3:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन