२३ वर्ष जेठा पतिले बिहेपछि यी हिरोइनको गरे यस्तो हाल, ५ घण्टासम्म अपरेशन गर्नुपर्यो
एजेन्सी। मोडल, हिरोइन र टिभी प्रस्तोता पद्मा लक्ष्मी आज ४८ वर्ष पुगिन् । उनको जन्म १९७० सेप्टेम्बर १ मा चेन्नइको अयंगर ब्राह्मण परिवारमा भएको थियो । पद्माका मातापिताको सम्बन्धविच्छेद हुँदा उनी मात्रै ७ वर्षकी थिइन् । त्यसपछि उनको बाल्यकाल न्यूयोर्कमा बित्यो । पतिसँग छुट्टिएपछि पद्माकी आमा न्यूयोर्कमै बसेकी थिइन् ।
पद्माले मोडलिङको सुरुवात १८ वर्षको उमेरमै गरेकी थिइन् । विदाको क्रममा पद्मा स्पेनको मड्रिडमा एक क्याफेमा बसिरहेका बेला एक मोडलिङ एजेन्टले उनलाई देखेपछि उनलाई सम्पर्क गरेका थिए । त्यहीँबाट उनको मोडलिङ करिअर सुरु भयो । पद्माले २००३ मा फिल्म बुमबाट बलिउड डेब्यू गरिन् । यो अहिलेकी चर्चित हिरोइन कट्रिना कैफको पनि बलिउड डेब्यू फिल्म थियो ।
पद्मा लक्ष्मीले चर्चित उपन्यासकार सलमान रुश्दीसँग २००४ मा न्यूयोर्कमा बिहे गरेकी थिइन् । यी दुई पहिलोपटक १९९९ मा भेटेका थिए । बिहेका बेला सलमान रुश्दी ५७ वर्षका थिए र पद्मा ३४ वर्षकी थिइन् । सलमानले त्यतिबेला आफ्नी तेस्री पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए । यी दुईको यो बिहे धेरै चलेन र यी दुईले २००७ मा सम्बनधविच्छेद गरे ।

सम्बन्धविच्छेदपछि पद्माले एक अन्तरवार्तामा भनेकी थिइन् ‘मैले उनीसँग बस्ने धेरै कोसिस गरें तर सबै कुरा ठिक थिएन । सलमानसँगको शारीरिक सम्बन्ध निकै पीडादायक हुन्थ्यो । जब मैले अस्वीकार गर्थें तब उनले भन्थे कि कति सजिलै बहाना बनाउँछौ । यो पीडाको कारण मेरो शरीरमा भित्री चोड लाग्यो । जसका कारण मैले ५ घण्टा लामो अपरेशन गराउनुपर्यो ।’
सलमानसँग सम्बन्धविच्छेदपछि पद्माले राजकुमारी डायनाका फाइनान्सर रहेका थियोडोर टेड्डी फोर्स्टम्यानसँग बिहे गरिन् । २०११ मा उनको मृत्यु भयो । यी दुईकी ७ वर्षकी छोरी छिन् । रिपोर्टका अनुसार टेड्डीले उनीहरुको लागि ठूलो राशीको सम्पत्ति छोडेर गएका छन् ।
September 1, 2018 8:20 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन