Thursday 2nd May 2024

त्यो प्यारो ठाउँ !

6 years अगाडी

गजल

परदेशमा भए नि भुलेको छैन गाउँ

जन्मी हुर्की बढेको त्यो प्यारो ठाउँ

भन्छन सबै यो भासियो खाडीमा

आफ्नो मातृभूमि त्यागी कहाँ जाउँ

हरियाली डाँडाकाँडा तिम्रो सुन्दरता

प्राथना छ तिमीलाई सधै चुम्न पाउँ

स्वदेशको प्रगती र उन्नतीको चाहा

परिवार संगै बसी जे छ बाँडी खाउँ

त्यो न्यानो काखमा लुटुपुटु गर्नलाई

लागेको छ मनमा भेट्न चांडै आउँ !

 

सन्तोष लुईँटेल (समिप)

हाल: साउदी अरब

          September 3, 2018 8:37 pm | साहित्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...