सावधान ,तपाईको आँखामा पनि यस्ता संकेत देखिए
काठमाडौं। आँखामा देखिने सातातिना कमजोरीले ठूला रोगको संकेत दिइरहेका हुन्छन्। तर, हामीले कतिपय आँखाका कमजोरीहरुलाई बेवास्ता गर्छौं । यी समस्याअरु पछि गएर ठूलो समस्या बन्न सक्ने कुरामा डाक्टरहरुले सचेत गराएका छन् । यदि हामीले आँखामा देखिएका यी संकेतहरुलाई बुझेर समयमै उपचार गर्न सक्यौं भने ठूला रोगबाट बच्न सकिन्छ।
१. ब्रेन ट्युमरः आँखाने धमिलो देख्न, आँखाको रङ बदलिँदै जानु साथै टाउको दुख्नु, थकान र कमजोरी ब्रेन ट्युमरको लक्षण हुन सक्छ।
२. मोतियाविन्दुः आँखाको नानीको रङ सेतो हुनु मोतियाविन्दुको लक्षण हुन सक्छ । यो रोगले आँखाको लेन्स बिग्रिने खतरा हुन्छ।
३. कमलपित्तः आँखाको पहेंलोपना बढ्नु कमलपित्त (जण्डिस)को संकेत हो। यसले कलेजो बिगार्छ, रगत पहेंलो हुनुका साथै पाचनशक्ति कमजोर हुन्छ।
४. मुटुरोगः शरीरमा कोलेस्टेरोलको मात्रा बढ्दा आँखाको ढकनीको दाग बस्न थाल्छन्। यो मुटुरोगको संकेत हुन सक्छ।
५. एनिमियाः पूरै आँखा सेतो हुनु एनिमिया वा रगतको कमीको संकेत हुन सक्छ। यसो हुँदा थकान, कमजोरी, सास लिन मुस्किल हुने समस्या हुन्छ।
६. कन्जंटिभाइटिसः आँखा रातो कुनु कन्जंटिभाइटिस नामको रोगको संकेत हुन सक्छ। यसले शरीरमा विभिन्न गिर्खा आउने इन्फेक्सन र एलर्जीजस्ता समस्या हुन्छ।
७. थाइराइडः आँखा सुन्निनु वा बाहिर उठ्नु थाइराइडको लक्षण हुन सक्छ। यसले आँखामा तनाव पनि गराउन सक्छ।
September 7, 2018 12:31 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन