बाबालाई क्यान्सरले खायो, आमा पोइल गईन एउटै घरका पाँच बालबालिकाको भयो बिचल्ली
बाजुरा, २७ भदौ : बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आउनुभएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गर्नुभएको हो । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गर्नुभएको छ । बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु भएको थियो । बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् ।
बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजरा गरिरहेका छन् । बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले रु दुई हजार ५००, जिल्ला समन्वय समितिका सदस्य धनी थापाले रु एक हजार पाँच तथा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कमलकुमारी शाहले रु दुई हजार सहयोग गर्नुभएको छ । सिर्जना बोगटीले तीजको दर खानका लागि छुट्याएको रकमबाट लत्ताकपडा सहयोग गर्नुभएको छ ।
September 12, 2018 12:51 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन