ओलीद्वारा सरकार र पार्टीविरुद्ध बोल्नेलाई ‘प्रतिक्रियावादी’को संज्ञा
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकार र पार्टीविरुद्ध बाेल्नेलाई ‘प्रतिक्रियावादी’को संज्ञा दिएका छन् । उनले यस्ता प्रवृत्तिविरुद्ध अरिङ्गालजस्तै खनिन कार्यकर्तालाई निर्देशन दिए ।तत्कालीन एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटी दिवाकरको चौथो स्मृतिमा शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकार र पार्टीविरुद्ध खनिनेलाई नछाड्न आग्रह गरे ।
विरोधीविरुद्ध अरिङ्गालकाे शैली अपनाउने वा नअपनाउने भन्दै यस्ता शक्तिविरुद्ध एकतावद्ध हुन आह्वान गरे । ‘जसरी एउटा अरिङ्गाललाई चलाएपछि सबै खनिन्छन्, थाहा छैन ? तपाईंहरूकाे त्यति बुद्धि छ कि छैन ?’ प्रधानमन्त्री अाेलीले भने ‘एउटा मरे पनि मर्छ भन्ने हाे कि ?’
प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीकाे हमलामा जवाफ दिन समेत कार्यकर्तालाई अाग्रह गरे । सरकारको विरोध गर्नेहरुले ‘के निउँ पाऊँ कनिका बुकाऊँ’ जस्तोगरी विराेध गर्न विषय खाेजिरहेको उनको आरोप थियो ।उनले पार्टी एकताकाे मर्म बुझेर काम गर्न पनि नेता कार्यकर्तालाई सुझाव दिए । उनले भने ‘पार्टी एकता चिन्नेलाई श्रीखण्ड हाे, नचिने खुर्पाकाे बिँड ।’ अाेलीले नेपाल कम्युनिष्ट पार्टीकाे अान्दाेलन एकीकृत भइसकेकाे समेत दाबी गरे ।प्रधानमन्त्री ओलीले बाेगटीलगायतकाे सपना पूरा गर्न पार्टी र सरकार लागिरहेको बताउँदै कार्यकर्तालाई आश्वस्त भएर लाग्न आग्रह गरे ।
September 15, 2018 11:46 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन