साउदि अरबमा संविधान दिवस मनाईयो
तेज थापा, साउदि अरब – नेपाली महावाणिज्य दूतावास जेद्दाले हिजो एक बिशेश कार्यक्रम गरि संविधान दिवस मनाएको छ । विभिन्न देशका कुटनितिक नियोग प्रतिनिधिहरु, जेद्दमा कृयाशिल संघ-संस्थाका प्रतिनिधिहरु, नेपाली समुदाय तथा नेपाली बाहुल्य रहेका कम्पनीका प्रमुखहरुको उपस्थित रहेको कार्यक्रम जेद्दा स्थित क्राउन प्लाजा होटल साउदि अरबमा सम्पन्न भएको हो । महावाणिज्य दूतावास जेद्दाका का.बा. महावाणिज्यदूत रेबती पौडेलले नेपाल, नेपाली र संविधान दिवसको बारे छोटकरीमा जानकारी दिएका थिए ।
कार्यक्रमको सुरुवात सँगै नेपाली राष्ट्रिय गानको धुनले गुञ्जयमान बनेको कार्यक्रम हलमा शुभकामना दिने नेपाली तथा बिदेशीहरु पाहुनाहरुको लामै लस्कर देखिन्थ्यो ।
कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्काउने बाजा-गाजा तथा डकुमेन्ट्री प्रदसर्न गरिएको थियो भने नेपाली पोशाकमा सजियका उपस्थित सहभागीहरुलाई उपस्थित बिदेशी पाहुनाहरु निकै चासो रमाइलो मानि नियालेका थिए । निकै सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपाल कै कुनै स्थान आयोजना गरिएको र आफू नेपाल रहेको जस्तो महशुस भयो, कार्यक्रममा सहभागी एक प्रत्यक्षदर्शी बताए । कार्यक्रममा विभिन्न मिडियाकर्मिहरुको सहभागीता रहेकोे थियो भने ध्रुव कुमार रिजालले कार्यक्रमलाई डिसि नेपाल गल्फबाट प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन