कुन उमेरमा कति पटकसम्म सेक्स गर्दा सामान्य मानिन्छ ?
काठमाडौं । सेक्स अर्थात यौनसम्पर्क दम्पति बीचको नितान्त निजी मामिला हो । त्यसैले कतिपटक हुनुपर्छ भन्ने प्रश्न त्यति सान्दर्भिक पनि होइन । फेरी, यौनसम्पर्क घटबढ हुनुमा जोडीको रुची, अवस्था, बाताबरण, उमेर, स्वास्थ्य आदिको प्रभाव पर्न सक्छ । त्यसैले सेक्स कतिपटकलाई सामान्य मान्ने भन्ने प्रश्नको सटिक उत्तर दिन सकिदैन ।
यद्धपी अनुसन्धानकर्ताहरुले यसको बारेमा केही तथ्य फेला पारेका छन् । उनीहरुका अध्ययन अनुसार सामान्य १८ बर्ष देखि २९ बर्षको उमेरका जोडीले बर्षमा ११२ पटक यौनसम्पर्क अर्थात लगभग तीन दिनमा एक पटक सेक्स भयो भने त्यसलाई सामान्य मानिन्छ । यस्तै ३० देखि ३९ बर्षका जोडीले बर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक सेक्स गरे त्यसलाई सामान्य रुपमा लिइन्छ ।

उमेर बढेसंगै यौन क्रियाकलापमा समेत कमि हुँदै जाने भएकोले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यहि अनुपातमा कमि हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यौनकार्यमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ ।
तर फेरी पनि छुटाउनै नहुने कुरा के हो भने, यो नितान्त निजी मामिला हो । यसमा निजी रुची, चाहना, बातावरण, उमेर, स्वास्थ्य आदि कुराहरुले असर गर्दछ । कोही पाको उमेरको व्यक्तिले धेरै पटक सेक्स गर्न पनि सक्दछ । कोही यौवन अवस्थाको व्यक्तिले सोचेँ अनुसार सेक्स गर्न सक्दैन ।
September 20, 2018 12:25 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन