पत्नीको मृत्यपछि एक्लै बस्थे वृद्ध, पत्नीको ५० वर्ष पुरानो चिठी भेटिएपछि बदलियो जिन्दगी
एजेन्सी। अमेरिकामा ८१ वर्षका एक वृद्ध पत्नीको मृत्युपछि एक्लै बसिरहेका थिए । एक दिन सफाइको क्रममा उनले आफ्नी स्वर्गीय पत्नीको ५० वर्ष पुरानो चिठी भेट्टाए । यो चिठीले वर्षौं पुरानो रहस्य खोलिदियो । अहिले ती वृद्धको जिन्दगीले नयाँ मोड लिएको छ ।
अमेरिकाको मिशिगनका ८१ वर्षका टोनी त्रपनी एक दिन आफ्नो क्याबिनेटको सफाइ गर्दै थिए । सफाइको क्रममा उनले पत्नीको ५० वर्ष पुरानो चिठी भेटे । चिठीमा ५० वर्ष पुरानो रहस्य थियो । पत्नीले चिठीमा लेखेकी थिइन् कि उनीहरुको एक छोरा छन् जसको उमेर अहिले (चिठी लेख्ने समयमा) ५ वर्षको छ । यो कुरा उनलाई तब थाहा भयो जब जिन्दगभिर उनीहरु बच्चाको लागि संघर्ष गर्दै रहे । चिठीको आधारमा टोलीले पेन्सलभेनियामा बस्ने आफ्नो छोरालाई खोजे । त्यसपछि पहिलो पटक टोलीको छोरा साम्युअलसँग भेट भयो । सामुएल्सको उमेर ६१ वर्ष भइसकेको थियो । भेटपछि टोनीले भने मलाई थाहा छैन यो कुरा मेरी पत्नीले किन मसँग लुकाएर राखिन् । तर आज पनि मलाई मेरो छोराको बारेमा थाहा पाउँदा उत्तिकै खुसी लागेको छ ।
टोनी र सामुएल्सले आफूहरु बाबुछोरा भएको थाहा पाएपछि सँगै बस्न थाले । उनीहरुले पेटर्निटी टेष्ट गराउने बारेमा पनि सोचे ताकि यो खबर कत्तिको सत्य छ भन्ने थाहा होस् । एक महिनापछि दुवै पेटर्निटी टेष्टको लागि गए जहाँ रिपोर्टले उनीहरुलाई निराश बनायो । रिपोर्ट नेगेटिभ आयो । तर, नतिजा देखेपछि पनि उनीहरुले आफूहरुको भर्खर जोडिएको सम्बन्ध नतोड्ने र बाबुछोरा बनेरै रहने निर्णय गरेका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन