कुवेतमा संबिधान दिवस मनाईयो
कुवेत – नेपाली दूतावास कुवेतले संविधान दिवस एक विशेष समारोह आयोजना गरी कुवेतमा विभिन्न राष्ट्रका प्रतिनिधिको उपस्थितिमा साँस्कृतिक कला नृत्य सहित तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

गत शुक्रबार,२० तारिखका दिन कुवेत स्थित फार्वानियाको क्राउन प्लाजामा दूतावास द्वारा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री H.E. ALI suliman AL syeed रहेका थिए भने अन्य सार्वजनिक संस्थाका उच्च पदाधिकारी, कुवेतका लागि विभिन्न देशका राजदूत तथा नेपाललाई माया गर्ने कुवेती नागरिकका साथै कुवेतमा रहेका नेपाली समुदायको उपस्थिति रहेको थियो ।

कुवेत र नेपालको राष्ट्रिय गान बजाइ प्रमुख अथिती तथा नेपाल कुवेतका लागि महामयिम राजदुत यज्ञ बहादुर हमाल तथा उहाकी धर्मपत्नी रिता हमालले सयुन्क्त रूपमा दुबै देशको राष्ट्रिय झन्डा कुदिएको कलात्मक केक काट्दै उक्त कार्यक्रमको समउद्घाटन गरेका थिए।

सो अवसरमा कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमालले व्यापक सहभागितामा समावेशी, सङ्घीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले नेपालको इतिहासमा यो दिन अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपालको प्रकृति सौर्न्दर्य नेपाली कला संस्कृति झल्कने तथा पर्यटन सम्बन्धि जानकारि मुलक प्रचार सामाग्री राखी प्रचारप्रसार गरिएको थियो भने नेपाली परिकारको खाना ब्यबस्था गरिएको थियो !

तीन वर्षअघि जारी भएको संविधानबमोजिम व्यापक जनसहभागितामा तीनै तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भई सङ्घीय तथा प्रादेशिक सरकार गठन भएको जानकारी गराउँदै सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई यथार्थमा परिणत गर्न आर्थिक विकास तथा समृद्धि हासिल गर्ने मूल ध्येयका साथ नेपाल सरकार अघि बढिरहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन