सुन्दरीले डेटिङमा बोलाएपछि खुसी हुँदै गए, युवतीलाई भेट्दा होसहवास उड्यो
एजेन्सी। अमेरिकाका एक युवकले सामाजिक संजालमा एक सुन्दरी युवतीको निम्तो पाए । ती युवतीले युवकलाई डेटिङका लागि बोलाएकी थिइन् । जब ती युवक युवतीलाई भेट्न गए त्यसपछि भने उनले साच्दै नसोचेको घटना भयो । उनले यो घटना सामाजिक संजालमा शेयर गरेका छन् । उनले पोस्टमा सबै घटना विस्तृत रुपमा लेखेका छन् ।युवकका अनुसार ब्वाइफ्रेण्ड खोजिरहेकी एक युवतीले सामाजिक संजाल टिंडरमा उनलाई ब्लाइंड डेटको म्यासेज पठाएकी थिइन् । उनले म्यासेजमा भेट्ने ठाउँ र समय पनि बताएकी थिइन् । ती युवक जब ताएको समयमा त्यो ठाउँमा पुगे उनको होसहवास उड्यो । त्यहाँ युवकहरुको ठूलो भीड थियो । केही बेरपछि बल्ल ती युवकले असली कहानी थाहा पाए । खासमा ती युवतीले २ सय जना युवकलाई एकैपटक एकै ठाउँ ब्लाइंड डेटको लागि बोलाएकी थिइन् । ती युवती २ सय जनामध्येबाट आफ्नो लागि सही ब्वाइफ्रेण्ड छान्न चाहन्थिन् ।
सामाजिक संजालमा ती युवकको पोस्ट अहिले भाइरल भइरहेको छ र मानिसहरु ती युवतीलाई गाली गरिरहेका छन् । युवकका अनुसार उनले सामाजिक संजालमा ती युवतीसँग कुरा गरेपछि उनीहरुले एक अर्काको फोन नम्बर पनि लिएका थिए । युवकका अनुसार युवतीले आफ्नो नाम नताशा एपोन्टे बताएकी थिइन् । उनी आफैंलाई हिरोइन, मोडल, गायिका र ट्रेकर बताएकी थिइन् ।
केही दिन कुराकानीपछि युवतीले युवकलाई डेटमा बोलाइन् । युवतीले उनलाई न्यूयोर्कको युनियन स्क्वायर पार्कमा बोलाएकी थिइन् । त्यहाँ पुग्दा ती युवकसँगै अरु २ सय जना थिए र यी सबै ती युवतीसँग डेटको लागि आएका थिए । युवकका अनुसार पार्कमा डिजेको पूरा सेट लगाइएको थियो । जहाँ युवती केहीबेरमा आफ्ना २ बडिगार्डसमेत पुगिन् र डेटका लागि आएका सबै युवकलाई एक ठाउँमा भेला पारिन् । युवतीले त्यहाँ आएका सबै युवकहरुबीच केही प्रतिस्पर्धा गराउने र यसको आधारमा आफ्नो लागि सबैभन्दा ठिक पार्टनर चुन्ने बताइन् ।
युवतीले प्रतिस्पर्धामा भाग लिन नचाहनेहरु फर्केर जान स्वतन्त्र भएको बताइन् । त्यसपछि केही युवक फर्केर गए । युवतीले अरु पनि शर्त राखेकी थिइन् । लामो दाह्री भएका र डोनाल्ड ट्रम्पलाई मन पराउनेहरु आफ्नो पार्टनर बन्न नसक्ने उनले पहिल्यै भनिन् । त्यसपछि प्रतियोगिता कस्ता हुने र यसको नियम बताइन् । डेटका लागि गएका युवकहरुलाई पुशअप, दौड लगायत सेनामा भर्ती हुँदा झैं शारीरिक परीक्षण गरियो । साथमा ती युवकले यो पनि बताउनुपर्ने थियो कि उनीहरु डेट किन गर्न चाहन्छन् । यो घटनापछि सार्वजनिक भएको भिडियोका मरिब १० जना प्रतियोगितामा भाग लिइरहेका देखिन्छन् । यद्यपि युवतीले कसलाई पार्टनर रोजिन् भन्ने थाहा भएको छैन ।
September 25, 2018 11:50 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन