जानी राखौ,घामले डढेको छाला ठिक पार्ने यस्ता छन् घरेलु उपायहरु !
नरिवलको तेल : गर्मीको समयमा धेरैजसो मानिसहरु महंगो ब्राण्डको सनस्क्रीन को प्रयोग गर्ने गर्दछन् । तर घामका कारण छाला डढीसकेको अवस्थामा नरिवलको तेलको प्रयोग गर्नाले छालाको रंगमा केही सुधार आउछ ।
तेलमा थोरै कपुर मिसाएर लगाउनाले पनि डढेको छालालाई फाईदा गर्दछ । आलुको बोक्राको प्रयोगले छालामा ब्लीचको काम गर्नुका साथै कालो छालाको रंगमा सुधार ल्याउने काम गर्दछ ।
धिउकुमारीको जेल : धिउकुमारीको जेलको प्रयोगले छालाको रातोपनालाई कम गर्नुका साथै घामले डढेको छालालाई तुरुन्त राहत दिन्छ ।
काँक्रो वा कागतिको रस : काँक्रोको रसलाई एक कप जति राखेर कागतिको रस मिलाएर घामले डढेको छालामा लगाएर १० मिनेट जति आराम गर्नुहोस् । यस्तो प्रकारको प्रयोगले छाला कालो भएको समस्या तुरुन्त समाधान गर्दछ ।
बेसार र कागती : दुधमा दुई चम्मच बेसार मिसाएर घामले डढेको स्थानमा लागाएर दुई देखि तिन घण्टा त्यत्तिकै छोड्नुहोस् । त्यसपश्चात मनतातो पानीले धुनुहोस् । यस्तो प्रकृया दैनिक रुपमा गर्नाले डढेको छालामा सुधार आँउछ ।
मुसुरोको दाल र दही : मुसुरोको दालमा दही मिलाएर घामले डढेको छालामा त्यसको लेप लगाउनाले छालाको समस्या समाधान हुन्छ ।
मुल्तानी माटो : मुल्तानी माटो पनि डढेको छालालाई राहत पुग्ने काम गर्दछ । यस्तो माटोमा नरिवल पानी अथवा चिनि राखेर पेष्ट बनाएर डढेको छालामा लगाउनाले राहत मिल्छ । यसरी लगाएको लेपलाई केही समयपछी चिसो पानीले धुनुहोस् ।
September 30, 2018 3:47 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन