एक साउदी पत्रकार टर्कीस्थित आफ्नो देशको दुताबासबाट बेपत्ता भएपछि
8 years अगाडी
Susma Dhakal
१८ असोज । साउदी अरेबियाका नीतिहरूको कटु आलोचक रहेका एक साउदी पत्रकार टर्कीस्थित आफ्नो देशको वाणिज्य दूतावास गएपछि बेपत्ता भएका छन्।
मिडिया रिपोर्टका अनुसार वाशिङ्टन पोस्ट पत्रिकाका लागि पनि काम गर्दै आएका जमाल खशोग्गी मङ्गलवार इस्तानबुलस्थित वाणिज्य दूतावास गएका थिए।
वाशिङ्टन पोस्टका अनुसार कागजपत्रसम्बन्धी नियमित काम पूरा गराउन उनी गएका थिए, त्यसपछि सम्पर्कमा छैनन् ।उनलाई पक्राउ गरिएको छ कि सोधपुछ गरिँदैछ अथवा उनलाई कहिले रिहा गरिनेछ भन्ने हामीलाई थाहा छैन मिडिया रिपोर्टमा उल्लेख छ ।
उनीसँग बिहे छिनोफानो भइसकेकी महिला पनि खशोग्गीसँगै गएकी थिइन्। तर उनलाई वाणिज्य दूतावास छिर्न दिइएन। खशोग्गीलाई मोबाइल पनि बुझाउन भनिएको थियो। त्यस्तो चलन अरू देशका दूतावास र वाणिज्य दूतावासमा पनि छ। एजेन्सी
October 4, 2018 11:18 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...