५१ लाख रुपैयाँका सिक्का लिएर कार किन्न पुगे बस ड्राइभर, उनको कुरा सुनेर उड्यो होस
एजेन्सी। चीनमा एक व्यक्तिले ५१ लाख रुपैयाँका सिक्काले भएिको एउटा सानो ट्रक लिएर बीएमडब्लू कार किन्न कार शोरुममा पुगे। यी व्यक्ति पेशाले कार चालक हुन् र यो कमाइ उनको जीवन भरको हो। उनले आफ्ना परिवार र साथीसहितले यी सिक्का गन्न चार दिन लगाएका थिए। जब उनले ५१ लाखका सिक्का लिएर शोरुम पुगे तब ती सिक्का गन्न ११ जना बैंका स्टाफ र क्वाइन काउन्टिङ मेशिनले १० घण्टा लगाएर ९०० किलो सिक्का गनेका थिए।
यो चीनको तान्गरेन सिटीको घटना हो। जहाँ, पेशाले ड्राइभरले आफ्नो जीवनभरको कमाइबाट केही रकम छुट्टाएर कार किन्ने सपना देखेका थिए। ती व्यक्तिले कहिल्यै पनि नोटसँग सिक्का साट्ने बारेमा सोचेनन् र, सिक्का जम्मा गर्दै गए। केही दिन पहिला उनले बीएमडब्लू कार देखे अनि सो कार किन्ने योजना बनाए।उनले त्यतिबेलासम्म यी सिक्का गनेका थिएनन्। र, उनलाई सिक्का यति धेरै छन् भन्ने पनि थिएन। बीएमडब्लू कार किन्ने योजना बनाएपछि उनले परिवारका सदस्यसहित केही साथीलाई बोलाएर सिक्का गन्न थाले। सिक्का गनेर सिध्याउन चार दिन लाग्यो।
त्यसपछि उनी सिक्काले भरिएको सानो ट्रक लिएर उनी बीएमडब्लू कारको शोरुममा पुगे। पहिला त कार किन्ने ग्राहक आएको देखेर उनीहरु खुशी भएर उनको स्वागत पनि गरे।जब उनीहरुले कारको मूल्य बराबरको रकम सिक्कामा भुक्तानी गर्ने बताएपछि कार शोरुमका कर्मचारीको व्यवहार नै परिवर्तन भयो। शोरुमका मालिकले आफ्ना कर्मचारीले यति धेरै सिक्का गन्न नसक्ने देखेपछि बैंकसँग कुरा गरेर सहयोग मागेका थिए। त्यसपछि बैंकबाट ११ जना स्टाफ र एउटा क्वाइन काउन्टिङ मेशिनले १ लाख ५० हजार सिक्का गन्न दश घण्टा लगाएका थिए।
October 4, 2018 1:11 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन