डिनरका लागि बाहिर गएका थिए दम्पत्ति, घर फर्किदा बने चकित
एजेन्सी । अमेरिकामा रहनेका एक जोडी डिनरका लागि घर बाहिर गएका थिए। उनीहरु वेलुकी निकै मनोरन्जन गरेर घर फर्किए। घर फर्किएपछि घरको हालत देखेर उनीहरु चकित बने। घर फर्किदा घरको फर्निचरदेखि लिएर सिसासम्म सबै फुटेका थिए। त्यही घरमा अज्ञात व्यक्तिले पार्टी गरेको खबर पनि प्राप्त भयो। पहिले दम्पत्तिलाई कुनै थाहा पाएन की आखिर घरमा के भयो। त्यसपछि थाहा भयो की घर बेच्ने विज्ञापन दिएका कारण यो सब भएको थियो।
यो घटना अमेरिकाको कोलारोडो स्टेटको हो। त्यहाँका माइक कक्स आफ्नी पत्नीसँग डिनरका लागि बाहिर गएका थिए। जब उनी घर फर्किदा घरको पूरै आकार परिवर्तन भएको थियो। घर पूर्ण रुपमा बर्वाद भइसकेको थियो। घरको टाइल्स, फर्निचर, भित्ता र ढोकाको काँच समेत फुटेका थिए। घर बियर र वाइनको खाली बोतलले भरिएको थियो। घरको यस्तो अवस्था देखेपछि उनीहरुले घरमा पार्टी भएको हुन सक्ने अनुमान गरे।
पछि कपललाई थाहा भयो की करिब ३०० व्यक्तिले उनको घरमा पार्टी गरेका थिए। कयौँ व्यक्तिले पार्टीका क्रममा फोटो र भिडियो पनि लिए र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गरे। घरको अवस्था देख्दा दुबै जना दुखी थिए। आखिर घरमा के भएको थियो भन्ने कुरा थाहा पाएपछि उनीहरु चकित बने। उक्त जोडीले साढे १४ लाख रुपैयाँमा उक्त घर बेच्ने विज्ञापन दिएका थिए। एक युवकले उक्त विज्ञापन देखे र उनलाई लाग्यो यो घर विक्ने वाला छ । अहिले घरमा कोही पनि छैनन्। त्यसैले युवक र अन्य व्यक्ति मिलेर उक्त घरमा पार्टी गर्ने योजना बनाए।
October 5, 2018 2:28 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन