जान्नुहोस : यी ६ राशी भएका मानिसले बोल्छन झुट, धेरैले पाउँछन् धोका !
प्रत्येक व्यक्तिको व्यक्तित्वमाथि उसको राशीको धेरै प्रभाव परेको हुन्छ। यसैका आधारमा व्यक्तिको स्वभाव पनि निर्भर हुन्छ। आज हामी तपाइँलाई यस्ता ६ राशीका बारेमा जानकारी दिँदैछौं जो झुठो बोल्न सबैभन्दा माहिर हुन्छन्।
वृष : वृष राशीका मानिसहरु आफ्नो कुरामा अरुलाई विश्वास दिलाउन झुटको सहारा लिन्छन्। उनीहरु यति विश्वस्त भएर झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य लाग्छ। उनीहरुको कुरामा कुनै शंका समेत हुँदैन। जसका कारण वृष राशी भएका मानिस आफ्नो लक्ष्यमा सफल हुन्छन्। यस्ता व्यक्ति आफ्नो उद्देश्य पूरा गर्न झुटको सहारा लिन्छन् र सफल पनि हुन्छन्।
मिथुन : मिथुन राशीका मानिसहरु निकै चकचके हुन्छन्। उनीहरु अरुका छेउमा आफूलाई सही सावित गर्न झुटको साहारा लिन्छन्। यिनीहरुमा शब्दै पिच्छे झुठ बोल्ने बानी हुन्छ। उनीहरुको स्वाभावका कारण धेरै मानिसले मिथुन राशीका मानिसलाई मन पराउँदैनन्। मिथुन राशी भएका मानिस मुडी पनि हुन्छन्।
सिंह : सिंह राशी भएका मानिस अन्य मासिनको आकषर्णको केन्द्र बन्न चाहन्छन्। त्यही कारण उनीहरु झुट बोल्छन्। उनीहरु यति चाँडो झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य नै लाग्छ। यिनीहरु निकै होशियारी पूर्वक झुट बोल्छन्। सिंह राशी भएका मानिस अरुमाथि हैकम जमाउनलाई बढाइ चढाइ गरेर झुट बोल्छन्। उनीहरुलाई यसरी झुट बोल्दा आफ्नो इज्जत बढेको भान हुन्छ। सिंह राशीमा मानिसलाई आफ्नो भनाइमा अरुलाई सहमत गराउने इच्छा हुन्छ त्यही भएर यिनीहरु आफ्नो कुरा दृढतापूर्वक राख्न सक्छन्।
तुला : तुला राशी भएका मानिस पनि झुट बोल्न माहिर हुन्छन्। किनभने उनीहरु कुटनीतिक स्वभावका हुन्छन्। यिनीहरु आफू अप्ठेरो परिस्थितिमा फसे भने जुन हदसम्म पनि झुट बोल्न पछि पर्दैनन्।
वृश्चिक : वृश्चिक राशीका मासिनहरुलाई झुट बोल्नु बच्चाको खेलजस्तै हो। यिनीहरु यति होशियारी पूर्वक झुट बोल्छन् की उनीहरुको कुरामा शंका गर्ने ठाउँ नै हुँदैन। यिनीहरु आफ्नो फाइदाकालागि आफ्ना शत्रुलाई पनि गला मिलाउँछन्।
कुम्भ : कुम्भ राशीका मानिस जिस्किने स्वभावका हुन्छन्। त्यही भएर यिनीहरु मजाक गर्दै झुट बोलिरहेका हुन्छन्। यिनीहरु यस्तो कहानी बनाएर कुरा गर्छन जसलाई अन्य मानिसहरुले सजिलै विश्वास गर्छन्। तर कुम्भ राशी भएका मानिसहरु धेरै स्वार्थी हुन्छन्। यिनीहरु आफ्नो फाइदाकालागि कसैको पनि भरोस तोड्न पछि पर्दैनन्।
October 9, 2018 12:53 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन