कारबाट उत्रिए, रेलको लिकमा उभिए, एकअर्कालाई लड्डु खुवाए अनि रेल अगाडि हामफाले
एजेन्सी। पावरकमका इन्जिनियर र महिला कजेलकी सहायक प्रोफेसरले सोमबार विहान तीव्रगतिमा आइरहेको रेलको लिकमा पसेर आत्महत्या गरेका छन्।। सोमबार विहान साढे सात बजे दुवै जना पटियालाको २३ नम्बर फाटक नजिकै आएका थिए। उनीहरुले एक–अर्कालाई लड्डु खुवाए र रेलको लिक भएको ठाउँमा गए।विवाहको कपडा लगाएकी युवतीले रेलको लिकमा पुगेर युवकसँग अंकमाल गरिन् अनि दुवै जना तीव्र गतिमा आइरहेको रेल अगाडि बसे। दुवै जनाको रेलले किचेर तत्कालै मृत्यु भयो। यी दुवै विगत आठ वर्षदेखि परिचित थिए। र आफैं कमाउन सक्ने भएपछि विवाह गर्न चाहन्थे।
दुवै विवाह गर्न चाहन्थे, तर जात नमिलेपछि उनीहरुका परिवार विवाहकालागि तयार थिएनन्। तर प्रहरीले भने दश अक्टोबरमा घटस्थापनाको दिन उनीहरुको टिकोटालो तय भएको थियो। यद्यपी दुवै परिवार जातिका कारणले समस्या नभएको बताउँछन्। प्रहरीले अहिलेसम्म सुसाइड नोट फेला पार्न सकेको छैन। रघुवीर नगरका विनय सुन्दरम पावरकममा इन्जिनियर थिए। जबकि तफज्जलपुराकी २७ वर्षीया युवती विमप्रीत कौर महिला कजेलमा सहायक प्रोफेसर थिइन्। दुवै विगत आठ वर्षदेखि परिचित थिए।
घटनाका प्रत्यक्षदर्शीका अनुसार दुवै जना रेलवे फाटक नजिकै कारमा आएका थिए। त्यहाँ आएपछि दुवै जना कारबाट बाहिर निस्किए। कारबाट बाहिर निस्किएपछि एकअर्कालाई लड्डू खुवाए। त्यसपछि केही बेरसम्म त्यँही उभिए। अनि केही समयपछि तीव्र गतिमा आइरहेको रेल अगाडि दुवै जनाले हामफालेर आत्महत्या गरे।
October 9, 2018 3:51 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन