पुरा पढ्नुहोस र सेयर गर्नुहोस,विश्वास गर्नुहुन्छ ? भगवान् शिवसँग छ हरेक समस्याको समाधान
मानिसको जीवनमा जब समस्या देखा पर्न थाल्छ अनि उसले अनेक देवी देवताहरूको पूजा पाठ, भाकल आदि गर्न थाल्छ, मन्दिर धाउँछ, जप, तप, हवन, दान, धर्म आदि अनेक उपाय गर्नथाल्छ । समस्या समाधान होस् र जीवन शान्तिपूर्ण होस् भनेर यस्तो काम गरिन्छ । समस्याबाट छुटकारा पाउन ज्योतिष तथा धामीझाँक्रीकहाँ पनि पुग्छ ।
शास्त्रीय दृष्टिले योग्य एवं गणितको राम्रो दख्खल भएका ज्योतिषको परामर्शले समस्या ठीक हुनसक्ला तर गलत व्यक्तिको चंगुलमा फस्यो भने पैसा र समयको बर्बादी सिवाय केही हुँदैन ।
उसो भए के गर्ने त ? प्रश्न उब्जनु स्वभाविक छ । उत्तर एउटै छ- मानिस भगवान् शिवको शरण पर्यो भने उसले अन्यत्र कतै जानु पर्दैन । शिवसँग छ हरेक समस्याको समाधान । यसका लागि आवश्यक पर्छ साँचो श्रद्धा, विश्वास एवं भक्ति । भगवान् शिव समस्त धर्म-सम्प्रदाय, तन्त्रमन्त्र एवं ज्योतिषका जनक हुन् ।
शिवलाई प्रसन्न पार्न सजिलो पनि छ । उनलाई आशुतोष अर्थात् छिटै प्रसन्न हुने भनेर पुराणादि शास्त्रले वर्णन गरिएको पाइन्छ । विशेष गरी केही त्यस्ता वस्तु छन् जुन अर्पण गर्नाले भगवान् शिव चाँडै खुसी हुन्छन् । शिवले शिवमहापुराणमा आफूलाई प्रसन्न तुल्याउने वस्तुका विषयमा बताएका छन् ।
के के हुन् ती वस्तु ? के हुन्छ ती वस्तु शिवलाई चढाउँदा ? कुन समस्याका लागि के उपाय गर्ने ? हेरौँ,
-शिवलिंगमा दूध चढाउनाले आरोग्य प्राप्ति हुन्छ ।
-शिवलिंगमा दही चढाउनाले जीवनमा खुसी, उल्लास एवं सकारात्मक ऊर्जाको प्रवेश हुन्छ ।
-शिवलिंगमा मह चढाए रूप एवं सौन्दर्य प्राप् हुन्छ । बोलीमा मधुरता आउँछ भने लोकपि्रयता वृद्धि हुन्छ ।
-शिवलिंगमा घिउ चढाए तेज प्राप्ति हुन्छ ।
– शिवलिंगमा सखर चढाए सुख-समृद्धि एवं ऐश्वर्य प्राप्त हुन्छ ।
-शिवलिंगमा अत्तर चढाए आध्यात्मिक उन्नति हुन्छ ।
-सुगन्धित तेल चढाए धनधान्यमा वृद्धि हुनुका साथै भौतिक सुख प्राप्त हुन्छ ।
-चन्दन चढाए मानसम्मान तथा कीर्ति बढ्छ ।
-केशर चढाए दाम्पत्य जीवन सुखमय हुन्छ । विवाहमा आउने समस्त वाधा हट्छन् । आफूले चाहेजस्तो जीवनसाथी प्राप्त हुन्छ । छिटै विवाह हुने योग बन्छ ।
-शिवलिंगमा अमला वा अमलाको रस चढाए दीर्घायु प्राप्त हुन्छ ।
-उखुको रस चढाए समस्त पारिवारिक सुख प्राप्त हुन्छ । परिवारका सदस्यबीच प्रेमभाव बढ्छ ।
-शिवलिंगमा गहुँ चढाए वंश वृद्धि हुन्छ, योग्य सन्तान प्राप्त हुन्छन् । सन्तान आज्ञाकारी हुन्छन् ।
-शिवलिंगमा अक्षता चढाउँदा अपार धन सम्पत्ति एवं सुख-समृद्धि प्राप्त हुन्छ ।
-शिवलिंगमा तिल चढाउनाले सम्पूर्ण पाप एवं रोगको नाश हुन्छ ।
-शिवलिंगमा जौ अर्पण गर्नाले सांसारिक सुख प्राप्ति हुन्छ ।
-शिवलाई प्रतिदिन बेलपत्र चढाउनाले जीवनका समस्त संकट टाढा हुन्छन् ।
October 9, 2018 4:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन