जानी राखौ ,यी ५ गल्ति झुक्किएर पनि नगर्नुस् नवरात्रीभर ! हुन सक्छ ठूलो अनिष्ठ नवदुर्गा क्रोधित हुँदा
नेपालीहरुको महान चाड बडादशैँ भोलिबाट सुरु हुँदै छ। हिन्दू धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गर्छन् ।
नौ दिनसम्म हुने नौरथाभर दुर्गा भवानीको पूजा उपासना गरिन्छ । यी दिनहरुमा देशका विभिन्न स्थानका मन्दिरहरुमा भक्तजन हरुको घुइंचो लाग्ने गर्छ। आज हामी तपाईहरुलाई विवाहित महिलाले नौरथाभर गर्न नहुने ५ कामहरुको बारेमा बताउन जाँदै छौँ हुन् गर्दा जीवनमा थुप्रै समस्याहरु आईपर्ने गर्छ। जानी राखौ ;-
१. हरेक गृहिणीले नौरथाभर आफ्नो घरमा लसुन प्याज भित्रिन दिनु हुँदैन। यी चिजहरु सेवन गरेर नवदुर्गाको पूजा गर्दा अधुरो हुने भएका घरका हरेक महिलाहरु सचेत रहन आवश्यक हुन्छ। यस्ता चिजहरुले घरको वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने गर्छ।
२. हिन्दू शास्त्रका अनुसार कलश स्थापन गरिएको घरका सदस्यले नौरथाभरि दाह्री ,कपाल र नंङ काट्नु हुँदैन। नवरात्रीमा यी कार्यहरु गर्न शास्त्रमा सख्त मनाही गरिएको छ।
३. हिन्दू धर्मका अनुसार नवरात्रीभर कुनै पनि व्यक्तिले मासु र रक्सि सेवन गर्नु हुँदैन। यो समय यी कार्यहरु गर्नाले नकारात्मक प्रभाव पर्ने हुँदा जीवनमा विभिन्न समस्याहरु आईपर्ने गर्छ।
४. यदि तपाई नवरात्रीको नौ दिननै वर्त लिनुहुन्छ भने यस समयमा आफ्नो पार्टनरसँग कुनै सम्बन्ध राख्न नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। यस वर्तमा ब्रह्मचर्यको पालना गर्दा दुर्गा भवानीको आशिर्बाद मिल्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सकिने मान्यता रहेको छ।
५. नौ दिन सम्म वर्त बसेर दुर्गा देवीको पूजा आराधना गर्दा विहान महिलाहरु हतार गर्ने गर्छन। तर यस्तो गर्नु राम्रो हुँदैन। पूजा गर्नु अघि पूर्ण शरिर नुहाएर चोखो कपडा लगाई सोह्र सिंगार सहित पूजा गर्नु राम्रो मानिन्छ। विशेष गरि विवाहित महिलाहरुले पूजा गर्दा सिन्दुर नलगाउनु धेरै अशुभ हुने हुँदा यी कुराहरुमा विशेष ध्यान पुर्याउन आवश्यक रहन्छ।
October 10, 2018 3:47 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन