साउदि एनआरएनले सम्पन्न गर्यो परोपकारि परियोजना, असक्त र असाय परिवारलाई शौचालय हस्तान्तरण ।
तेज थापा,
पोखरा – गैर आवासीय नेपाली संघ साउदी अरबले गत महिना देखि सुरु गरेको “एक एनसिसि, एक परोपकारी परियोजना” सम्पन्न गरेको छ । पोखरा महानगरपालिका १६, याम्दी पुल पारी, कास्कीकि ९० बर्षिय बृद्ध बुद्धिमाया बि. क. र उनकि अपाङ्ग छोरीको सहयोगार्थ तयारी पारिएको शौचालय तथा भान्सा कोठा अक्टोबर ११ तारिख “गैर आवासीय नेपाली दिवस” को अवसर पारि हस्तान्तरण गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जिबन प्रसाद आचार्य, सचिव मेहरमान थापा,स्थानिय बुद्धिजीवी सुर्य गायक, आदर्श समाज दैनिकका भद्र पौडेल, हिमदुत दैनिकका हिमनिधि लौडारी लगायत स्थानिय बासिहरुको समुपस्थितिमा एक कार्यक्रम गरि निर्मित भौतिक संरचनाका साथै नगद रु. ३ हजार २ सय बि. क. परिवारलाई हस्तान्तरण गरिएको एनआरएनए एनसीसी साउदीका केन्द्रीय सदस्य एवम् परियोजना समन्वयकर्ता नारायण भट्टराईले जनाए । भौतिक संरचना निर्माणमा विशेष सहयोग पुर्याउने राम प्रसाद भट्टराई, जमुना शर्मा, योजना भट्टराई, अविरल भट्टराई, शुक बि.क. धन्यवादको पात्र हुनुहुन्छ, उनलेे भने ।

आफ्नो माथिल्लो निकाय ‘आइसिसि’ ले आव्हान गरेको “एक एनसिसि, एक परोपकारी परियोजना” अन्तर्गत साउदी अरबमा कृपयाशिल एनआरएनए कर्मीहरू राजु सैयद, जोन अर्याल, रविना अर्याल,सरद सर्मा,यास्मिन बेगम, नारायण भट्टराई, उमेश भट्टराइ, डमर यादव, नारायण पासवान, तेज थापा, दिपक शाही, शुक्र लामा,मनोज बराल,अर्जुन थापा,भुपेन्द्र लामा, योगेन्द्र श्रेष्ठ लगायतका सहयोगी दाताहरुबाट सहयोग रासि संकलन गरि परियोजना संचालन गरिएको एनसीसी साउदीका अध्यक्ष नारायण पासवानले बताए । उनलेे भने – केन्द्रीय सदस्य नारायण भट्टराईलाई जिम्मेवारी सुम्पदै गत भाद्र महिनामा सुरु गरिएको परियोजना कुल ५९ हजार ६ सय ९४ रुपैयाँको लागतमा सम्पन्न गरि निर्मित शौचालय र किचन (भाडा धुने ठाँउ) तार्किक समय भित्रै हस्तान्तरण गरेका हौं ।









प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन