बडादशैको पाँचौ दिन आज स्कन्दमाताको पुजा गरिँदै, यसरी पुजा गरे अलौकिक तेज र कान्तिले सुसम्पन्न
काठमाडौ । नेपालीहरुको महान चाड दशैको आज पाँचौं दिन देशभरको मठमन्दिर र शक्तिपिठहरुमा हिन्दु धर्मावलम्बीको घुइँचो लागेको छ । आज शक्तिस्वरुपा भगवती स्कन्दमाताको विशेष पूजा गरिंदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने धार्मिक विश्वास छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैँ पूर्णिमासम्म दुर्गा भवानीको पूजा गरेर मनाउने चलन छ । काठमाडौँ उपत्यकाका शक्तिपिठमा विहानैबाट भक्तजनको भीड लागेको छ । गुह्वेश्वरी, दक्षिणकाली, कालिका स्थान, मैतीदेबी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, र भद्रकाली, पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना लगायतका शक्तिपीठमा भक्तजनको बाक्लो उपस्थिति छ ।
October 14, 2018 1:08 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन