प्राविधिक कारणले ३ महिनादेखि कर्मचारी बेतलबी
8 years अगाडी
Nepal Drishti
पोखरा । खारेजीमा परेका तर अन्यन्त्र नखटाइएका कमैचारीले साउन यताको तलब पाएका छैनन् ।
संघबाट खारेजमा परेका कार्यालयमा चालू आर्थिक वर्षका लागि खर्च गर्ने अख्तियारी र बजेट नआएकाले उनीहरु तीन महिना यता बेतलबी बनेको आजको नागरिक दैनिकमा खबर छ ।
संघीय र प्रदेश सरकारबीच जिल्ला तहमा कस्तो संरचना बनाउने भन्ने टुंगो लागेको छैन ।
नयाँ शासकीय संरचनामा प्रदेश र संघको चेपुवामा पर्दा कर्मचारीले जिम्मेवारी समेत पाएका छैनन् ।
कर्मचारीलाई तलब खुवाउन अघिल्लो साता संघीय अर्थ मन्त्रालयको टोली समेत आएको थियो ।
संघीय र पूदेशको अर्थ मन्त्रालय तथा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबीच स्थायी कर्मचारीको हकमा सम्बन्धित कार्यालयमा अख्तियारी पठाएर तलब खुवाउने समझदारी भएको थियो ।
तर, सम्बन्धित कार्यालयमा अख्त्यिारी दिने मानिस नभएको हुँदा कर्मचारी तलबविहीन बनेका हुन् ।
October 16, 2018 4:15 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...