Sunday 28th April 2024

तुनश्रीमाथि राखीकाे अाराेप- ‘तनुश्रीले मलाई बारम्बार बलात्कार गरिन्, उनी केटी होइनन्’

6 years अगाडी

बलिउड नायिकाहरूले आफूमाथि यौन दुर्व्यवहार भएकाे खबर मिडियामा ल्याउँछन् । कतिकाे अाराेप सत्य साबित हुन्छ भने कतिकाे अाराेप प्रत्याराेपमै सेलाएर जान्छ ।

नायिका तुनश्री दत्ताले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनकाे याे अाराेपका कतिपय बलिउड कलाकाहरूकाे समर्थन रहेकाे छ भने कतिपयले तुनश्री कै अालाेचना गरेका छन् ।

तुनश्रीले नाना पाटेकरलार्इ अाराेप लगाएपछि अहिले बलिउडकी आइटम गर्ल राखी सावन्त र उनीविच लफडा चलिरहेको छ । राखीले पत्रकार सम्मेलन नै गरेर अाफ्नी  पुरानी साथी तुनश्री दत्तामाथि गम्भिर आरोप लगाएकी छिन् । उनले भनिन्-‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’ उनले अगाडि थपिन- ‘तुनश्री केटी होइनन्। उनी लेस्बियन हुन् ।’

राखीले भनिन्, तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको तर उनले नै पार्टीमा लगेर आफूलाई धुम्रपान गर्न सिकाएको र नशालु पदार्थ खुवाएर अाफूलार्इ रेप गरेकाे अाराेप समेत लगार्इन् ।

राखीले उक्त पत्रकार सम्मेलनमा बलिउडमा थुप्रै लेस्बियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् ।

          October 25, 2018 3:47 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...