नेपालमा सजिलै पाईने यी खानेकुराको चमत्कारीक गुण बारे जान्नुहोस्
काठमाडौ । जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् । यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ ।
बदाम : बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा भएको क्याल्सियम, भिटामिन ई, ओमेगा ३ फ्याट्टी एसिड र फस्फोरस हुन्छ र यी तत्त्वले हाड बलियो बनाउँछन् ।
फर्सीको बियाँ : हुन त कमै मान्छेलाई मात्र फर्सीको तरकारी मन पर्छ तर यसका भएका केही पोषक तत्त्व अरू तरकारीमा पाइँदैन । फर्सीको बियाँमा फोस्फोरस प्रचूर मात्रामा पाइने हुनाले हाडलाई बलियो बनाउँछ ।
गहुँको पाउरोटी : हाड बलियो बनाउनुछ भने आहारमा गहुँको पाउरोटी समावेश गर्नुस् । यसमा टन्नै फोस्फोरस हुन्छ ।
माछा :मांसाहारी हुनुहुन्छ भने माछा खाने गर्नुस् । यसमा भएको भिटामिन, खनिज र फोस्फोरस जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।
गेडागुडी : गेडागुडीले पनि हाड बलियो बनाउँछ । आहारमा यसलाई समावेश गर्नुस् । एजेन्सी
October 26, 2018 1:08 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन