जन्मेको केही घण्टामै बाबुआमाले छोडेका थिए सडकमा, यसरी पाए सफलता
एजेन्सी। पछिल्लो समय जोनों लेंकेस्टर नामका एक युवक चर्चामा छन्। उनको संघर्ष र सफलताको कथाले धेरैलाई प्रेरित गरिरहेको छ। जन्मेको ३६ घण्टापछि नै आफ्नो आमाबाबुले अनाथालयमा छोडेर गएका जोनों अहिले निकै सफल भइसकेका छन्। जोनों ‘ट्रेचर कलिंस सिंड्रोम’ नामको रोगबाट पीडित थिए जसका कारण उनको अनुहार राम्रोसँग विकसित भएको थिएन।
उनको अनुहारका ४० हड्डीको विकास नहुँदा आँखा, मुख र नाकसमेत राम्रोसँग बनेका थिएनन्। अनाथालयमा छोडिएका जोनौंलाई केही समयपछि जीन लेंकेस्टर नामकी महिलाले धर्मपुत्रका रुपमा लिएर गइन्। जीनले उनलाई हुर्काइन् तर यो रोगका कारण जोनौंले निकै तनावको सामना गर्नुपर्यो। उनको कक्षाका साथीहरु नै उनीबाट टाढा भाग्थे।
साथीहरुले आफूहरुलाई पनि यो रोग सर्ने बताउँथे। जोनोंका अनुसार उनी आफूलाई निकै एक्लो महसुस गर्थे। उनले साथीहरुलाई टफी बाँडेर आफूतिर बोलाउँथे। १९ वर्षको उमेरमा उनले एक बारमा काम गर्न थाले। सुरुमा मानिसहरु आफूसँग बोल्दैनन् की भनेर उनी निकै डराउँथे तर पछि जब मानिसहरु उनीसँग बोल्न थाले उनलाई राहत महसुस भयो। बारमा काम गर्दागर्दै उनले फिटनेस इन्स्ट्रक्टर र स्पोर्ट साइन्समा डिप्लोमा गरेपछि जिममा इन्स्ट्रक्टर बने।
यही क्रममा उनले जीवनसाथी लारा भेटे। अहिले जोनों संसारभरीका यस्तो रोगबाट ग्रसित व्यक्तिहरुलाई उत्साहित गर्ने काम गर्छन्। संसारभरीका कैयौं बच्चाहरुले जोनोंलाई आफ्नो आइडल मान्छन्।
October 27, 2018 11:06 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन