आमाको चुम्बनले यसरी लियो ८ दिनकी नवजात छोरीको ज्यान
आमाको चुम्बनले बच्चाको मृत्यु भएको छ । घट्ना अमेरिकाको हो । एक महिलाकी ८ दिनकी नवजात छोरीको आमाको चुम्बनका कारण मृत्यु भएपछि हंगामा भएको हो । अहिले ती आमाले यो भयानक घटनाको बारेमा जानकारी दिँदै अन्य आमाबाबुलाई सचेत गराउँदैछिन् । नवजात शिशु कतिसम्म संवेदनशील हुछन् भन्ने कुराको यो बलियो उदाहरण हो । १९ वर्षकी एबिगेल रोज नामकी ती आमाले ८ दिन पहिले एक स्वस्थ छोरी जन्माएकी थिइन् । तर अचानक छोरीको स्वास्थ्य बिग्रिएपछि उनको मृत्यु भयो ।
छोरीको मृत्युपछि टाक्टरले जे खुलासा गर्छन् त्यसले पूरै परिवारको होस उडाउँछ । बालिकाको मृत्यु एचएसभी १ नामक भाइरसका कारण भएको थियो । डाक्टरका अनुसार यो भाइरस उनको शरीरमा त्यतिबेला गएको थियो जब कुनै संक्रमित व्यक्तिले उनलाई छोएको वा चुमेको थियो । यो भाइरस शरीरमा गएर मेरुदण्डको हड्डीमा टाँसिन्छ । यसले फोक्सो र दिमागनजिकै एक तरल पदार्थ बनाउँछ । विस्तारै यसले भित्री अंग खान थाल्छ जसबाट बच्चा ब्रेन डेड हुन्छ ।
छोरीको मृत्युले उनकी आमालाई गहिरो धक्का लाग्छ । यसका बावजुद उनले यो भाइरसप्रति मानिसहरुलाई जागरुक बनाउने काम गरिरहेकी छिन् । एबिगेलले भनिन् तपाइँ कहिँ पनि नवजात शिशु हेर्न जाँदा उसलाई नचुम्नुहोस् र हात नधोइ उसलाई छुनुहोस् । यसले उसको ज्यान जान सक्छ । डाक्टरका अनुसार एचएसभी १ सामान्य भाइरस हो तर यो नवजात शिशुको शरीरमा प्रवेश गरेमा बच्चालाई बचाउन सकिन्न किनकि २ हप्ताभन्दा कम उमेरका बच्चाको शरीरमा यो भाइरस प्रतिरोधी क्षमता विकास भएको हुँदैन ।
October 27, 2018 12:11 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन