१८ महीनामा सकिनु पर्ने काम ८ वर्षसम्म पनि अधुरै, तोडियो ठेक्का सम्झौता
म्याग्दी । १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ। पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए।
पुरानो सम्झौता रद्द भएपछि बाँकी काम नयाँ प्रक्रियाबाट पूरा गरिने उनले बताए। ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवासको लागि रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा १८ महीनामा १० वटा भवन बनाउन कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले रु ११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता गरेको थियो।
२०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म चार वटा भवन बनाएर आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोलाई बुझाए पनि एउटा भवनको जगसमेत हालेको छैन। ठेकेदारको चरम ढिलासुस्ती र लापर्बाहीका कारण अन्य भवन अलपत्र अवस्थामा रहेका रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लले बताए। भवन निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिन थालेपछि स्थानीयवासी, सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका थिए। ठेकेदारले ढलान गरेर भवन ठड्याए पनि पलास्टर, रङ्गरोगन, विद्युत्, खानेपानी जडान गर्न बाँकी छ।
October 28, 2018 11:30 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन