मलेसियाको निःशुल्क रोजगारी खुल्दै, आज मन्त्री विष्टले सम्झौता गर्ने
काठमाडौं, ११ कात्तिक । लामो समय बन्द रहेका मलेसियाको रोजगारी खुल्ने भएको छ । अब नेपाली कामदारले बिना लगानी मलेसिया जान पाउने भएका छन् ।बन्द रहेको मलेसिया रोजगारीखोल्ने सहमतिका लागि त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन काठमाडौं आइपुगेका छन् । आज नेपालका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट र मलेसियाका मन्त्री कुलेसेगरनबीच सम्झौता हुनेछ ।
नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारी पत्रमा आज हस्ताक्षर हुनेछ । समझदारी पछि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले व्यहोर्नेछ ।
म्यानपावरले सेवा शुल्कवापत कामदारसँग पारिश्रमिकको आधा महिनाको मात्र शुल्क लिन पाउनेछन् । काममा लागेपछि कामदारको आतेजाते टिकट रोजगारदाताले व्यहोर्ने छ ।६ महिना अघिकै प्रक्रिया अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने छन् ।
October 28, 2018 11:40 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन