नेपाल र मलेसियाबीच श्रम सम्झौता : मलेसियामा कार्यरत नेपालीले किरिया बिदा समेत पाउने
काठमाडौं – मलेसियामा काम गर्ने नेपालीले अबदेखि किरिया बिदा पाउने भएका छन् । परिवारका सदस्य (बुबाआमा, श्रीमान् वा श्रीमती, छोराछोरी)को मृत्यु भएमा १५ दिनका लागि नेपाली कामदार स्वदेश फर्किन पाउने भएका छन् ।

यसअघि नेपाली कामदार आफन्तको मृत्यु हुँदा पनि नेपाल फर्कन पाउँदैनथे । उनीहरुले छुट्टि पाउने नपाउने निधो रोजगारदाताको तजबिजका आधारमा हुन्थ्यो । अब देखि भने रोजगारदाताले अनिवार्य रुपमा किरिया बिदा दिनु पर्ने छ ।
मलेसिया र नेपालबीच सोमबार भएको श्रम सम्बन्धी समझदारी पत्र (एमओयू)मा किरिया बिदाबारे उल्लेख छ । श्रम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब नेपाली कामदार शुन्य लागतमा मलेसिया जान पाउने छन् ।
विभिन्न बहानामा नेपाली कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि कामदार पठाउन रोकेपछि नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको हो ।
श्रम सम्झौतामा सस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरान आइतबार नेपाल आउनु भएको थियो ।
सोमबार काठमाडौंको होटल हायातमा आयोजित एक समारोहमा मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरान र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सन् २००२ देखि कामदार लैजान थालेको मलेसिया र नेपालबीच पहिलो पटक श्रम सम्झौता भएको हो ।
एमओयूमा समेटिएका विषय यस्ता छन्
मलेसिया जाने नेपाली कामदारले आउँदा–जाँदा हुने दोहोरो हवाई खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।
कामदार कार्यस्थलमा हुने दुर्घटना बीमा र स्वास्थ्य बीमा पनि मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हक पनि लागू हुने छ ।
त्यसैगरी मलेसियामा अबदेखि नेपाली कामदारले लेवी तिर्न नपर्ने व्यवस्था पनि गरिएको छ । मलेसिया जाँदा स्वास्थ्य परीक्षण लगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ ।

रोजगारदाता कम्पनीले हरेक महिना ७ तारिख बैंक मार्फत तलब भुक्तानी गराइसक्नुपर्ने पनि उल्लेख गरिएको छ ।
कामदार विमानस्थल पुगेको ६ घन्टाभित्र कम्पनीले गन्तव्य स्थलमा लैजानुपर्ने र महिला कामदारको हकमा थप संरक्षण, सुरक्षा र रेखदेख गर्नुपर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।
यस्तै कम्पनी बन्द भएमा वा रोजगारदाताले कुनै दुव्र्यवहार गरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार पनि एमओयू मार्फत सुनिश्चित गरिएको छ । यसअघि तीन वर्ष रहेको करार अवधि भने दुई वर्षको हुने व्यवस्था गरिएको छ । कामदारले पासपोर्ट आफै राख्न पाउनेछन् ।
करार अवधि सकिएर स्वदेश फर्कंदा कम्पनीले नै हवाई टिकट उपलब्ध गराउनुपर्नेछ । समझदारी कार्यान्वयनमा ल्याउन संयुक्त कार्यदल पनि गठन गरिएको छ ।


October 29, 2018 3:40 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन