६ हप्ताको गर्भ खेर गएपछि पीडामा थिए दम्पती, ७ महिनामा भयो चमत्कार
एजेन्सी। अमेरिकाका एक दम्पतीले आफूहरु आमाबाबु बन्न लागेको खुसीको खबर पाए । तर, ६ हप्तामै उनीहरुको सबै खुसी पीडामा परिणत भयो जब डाक्टरले गर्भ खेर गएको खबर दिए । यी दुवैलाई यो पीडाबाट बाहिर निस्कन निकै समय लाग्यो । यो घटनाको करिब ७ महिना बितेपछि अचानक एक दिन पत्नीको पेटमा भयानक पीडा भयो र एउटा थैलाजस्तै वस्तु बेडरुमको भुइँमा खस्यो । यो एमिनाटिक स्याकमा उनीहरुको बच्चा थियो जुन बच्चा पेटमा हुर्किरहेको उनीहरुलाई थाहै थिएन । अचानक जन्मिएको यो बच्चाले उनीहरुको जीवनमा खुसी भरिदिएको छ ।
घटना ओहियो राज्यको टेलेडो शहरको हो जहाँ मेरेडिथ ली बरचम र उनका पति ब्रेण्डनले आमाबाबु बन लागेको खबर पाएका थिए तर ६ हप्तामै गर्भ खेर गएको थियो । ७ हिनापछि मेरेडिथको पेटमा भयानक पीडा हुन थाल्यो । उनी पीडाले आत्तिएकी थिइन् र ब्रेन्डन उनको मद्दत गर्न चाहन्थे तर उनले केही बुझ्न सकिरहेका थिएनन् । ब्रेन्डनले केही बेरपछि देखे कि भुइँमा थैलोजस्तै केही छ । यो थैलो एमनियाटिक स्याक (साल जसभित्र गर्भमा बच्चा हुर्किन्छ) थियो र यो थैलोसमेत बच्चा मेरेडिथको पेटबाट बाहिर आएको थियो । गर्भ खेर गएदेखि मेरेडिथलाई यो बच्चा आफ्नो पेटमा हुर्किरहेको पत्तै थिएन ।
बच्चा त निस्कियो तर उनीहरुलाई यो निश्चित गर्न मुस्किल थियो कि बच्चा जीवित छ कि छैन । तर करिब २ मिनेटमा नै यो थैलो आफैं फुट्यो र बच्चा बाहिर निस्कियो । मेरेडिथले तब थाहा पाइन् कि उनले छोरीलाई जन्म दिएकी छिन् । तर, त्यसपछि पनि न बच्ची रोइरहेकी थिइन् न शरीरमा कुनै चाल थियो । ब्रेन्डनले तत्काल इमरजेन्सी नम्बरमा फोन गरेर मेडिकल टिम बोलाए । मेडिकल टिमले पत्तँ लगाए कि बच्चाको घाँटीमा एउटा बर्ड फसेको थियो । यो हटाएपछि बालिकाले रुन र ठिकसँग सास लिन थालिन् । आमा र बच्चालाई तत्कालै अस्पताल भर्ना गरियो । अहिले आमा र बच्चा दुवै स्वस्थ छन् ।
October 30, 2018 12:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन