२ बोतल पानी दिँदा चम्कियो यी वेटरको भाग्य !
एजेन्सी । रेष्टुरेन्ट र बारमा अक्सर बिलसँगै वेटरलाई जुन पैसा दिईन्छ त्यसलाई टिप्स भन्ने गरिन्छ । यो टिप्स आम रुपमा थोरी मात्रै रकम हुने गर्दछ गेष्टलाई मनपर्यो भने मात्रै टिप्स दिने गर्दछन् भने कतिले त यसलाई फजुल खर्च पनि भन्ने गरेका छन्।तर यहाँ यस्तो खबर बाहिरीएको छ, कि जसले तपाईलाई समेत अचम्मित बनाउँछ। कहिले काँही सेलिब्रेटीबाट पनि यस्तै खबरहरु आउने गर्दछन्। अन्तराष्ट्रिय सञ्चार माध्यम डेली मेलले जनाएअनुसार यस्तै रोचक खबर बाहिर आएको छ । खबरका अनुसार महिला वेटरले २ बोतल पानी लगिदिए बापत लाखौँ रुपैयाँ टिप्स दिएको खबर सार्बजनिक भएको हो।
पछिल्लो पटक अमेरिकाको ग्रीनविलेमा सप डान्स रेष्टुरेन्टकी एक महिला वेटर ऐलेना कस्टर खुशीले उफ्रिन थालिन् जब उनलाई गेष्टले १० हजार डलर अर्थात ११ लाख ६० हजार भन्दा बढि नेपाली रुपैयाँ टिप्स दिए । पछि पत्ता लाग्यो कि यो टिप्स मशहुर युट्युब ब्लगर जिम्मी डानल्डसनले दिएका थिए।
खास कुरा के रहेछ भने जिम्मीले रेष्टुरेन्टमा सिर्फ दुई बोतल पानी अर्डर गरेका थिए । ऐलेनाल भनिन् उनीहरु रेष्टुरेन्टमा आउनासाथ दुई बोतल पानी मगाए र एक्कैछिन बसेपछि पानीसहितको टिप्स दिएर हिँडे। म टेबुलमा फकेर आउँदा उनीहरु गईसकेका थिए। जिम्मी युट्युबर मिडियाका मालिक हुन्। जसको युट्युबमा ९ मिलियन भन्दा बढि सस्क्राईब रहेको छ। उनलाई सोशल मिडियामा मिस्टर बिस्टको नामले चिनिन्छ। एक वर्ष अगाडी पनि उनले एक भिडियो युट्युबमा अपलोड गरेका थिए । जसबाट उनले एक पिज्जा डेलिभरी ब्वाईलाई १० हजार डलर दिएका थिए।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन