महिनावारी भएको बेलामा ‘सम्बन्ध’ राख्न हुन्छ कि हुँदैन ? हरेक महिला पुरुषले जानै पर्ने !
‘पर सरे’को बेलामा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन भन्ने विषयमा ठूलो भ्रम रहेको छ । धार्मिक विधिविधान मान्नेहरूले त यो बेलामा कुनै हालतमा पनि क्रीडा गर्नुहुँदैन भन्छन् । आधुनिक विचार भएकाहरूले चाहिँ केही फरक पर्दैन भन्छन् । के गर्नु ठीक होला त ?धेरैजनालाई महिनावारीका बेलामा पनि सेक्स गर्ने काम घिनलाग्दो र फोहोरी लाग्छ । तर यो गलत हो किनकि महिनावारीलाई घिनलाग्दो मान्नु भनेको महिलालाई नै घिनलाग्दो मान्ने स्त्रीविरोधी काम हो । हो, केही महिला आफैंलाई यो बेलामा सेक्स गर्न मन नलाग्ला तर गर्न मन लाग्ने महिलाले पनि हिचकिचाउनु जरूरी छैन । उही, सेतो तन्नामा रगतको टाटो लागेर फोहोर भइदेला भन्ने पीर न हो ।
असाध्यै पेट दुखेको छ भने चाहिँ सेक्स नगर्नुस् । हुन त पेट दुखेको बेलामा सेक्सको बारेमा कसले सोचिबसोस् ? रजस्वलाका बेलामा अलिअलि रगत चुहिन्छ तर ह्वालह्वाल्ती निस्कने होइन, त्यसैले गर्न हिचकिचाउनु पर्दैन । रगत चुहिएर तन्ना फोहोर भएछ भने धुने नि । टेन्सन लिनै परेन ।जाबो रगत त हो । यो रगत तपाईंको पुरुष पार्टनरमा पर्दा उसलाई रोग लाग्नेवर्ने हुँदैन । उसले कपडाले पुछिहाल्छ नि । कुनै पुरुषलाई केही होला भन्ने डर लाग्यो भने त्यस्तो निम्छरोलाई के प्रेमी बनाइरहनु त ? आफू चाहिँ दंग पर्दै वीर्यलाई भित्र झार्न खोज्ने अनि तपाईंको रगत देख्दा चाहिँ घिनाउने मान्छे बेकुफ नै हो ।
रजस्वला मासिक प्रक्रिया हो, यसमा घिनाउनु वा लजाउनुपर्ने कुरा केही छैन । एक्काईसौं शताब्दीमा पनि यसलाई के के न ठूलो विषय बनाउनुको तुक छैन । चरमसुख वा अर्ग्याजम पाउनुभयो भने रजस्वलाका बेला क्रयाम्प भएर दुखेको पनि ठीक हुन्छ ।प्यारासिटामोल खाएजस्तै हो अर्ग्याजम पाउनु योबेलामा । खासमा महिलाहरूमा रजस्वलाका बेलामा झन् बढी यौनचाहना हुन्छ । यस्तो बेलामा रगत चुहिने पीरले सेक्स नगर्नु त अत्याचारै हो । यो बेलामा गर्दा चिल्लो पदार्थ दलिरहनु पनि पर्दैन । रगत नै प्राकृतिक लुब्रिकेन्ट हो ।तपाईंलाई पुरुष पार्टनरको लिंगमा रगत देख्दा दिक्क लाग्छ भने उसलाई कन्डम लगाउन भन्नुस् । कुरा खत्तम । संसारभरिका मान्छेले पिरियडका बेलामा सेक्स गरेका छन् । तपाईंले हिचकिचाउनुपर्ने कुनै कारण छैन ।
October 31, 2018 11:12 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन