पढेको, सुनेको, देखेको लामो समयसम्म जस्ताकोतस्तै सम्झिने बनाउने यी ७ अचुक उपाय
काठमाडौ । पढेको विषय स्मरणमा रहँदैन ? वा धेरै पहिले देखेका व्यक्तिहरु, कुनै विषयमा सुनेको जानकारी केही बर्षपछि विर्सिसक्नुहुन्छ भने आज हामी तपाईलाई त्यो पिडाबाट छुटकारा दिँदैछौ । कुनै परीक्षा दिँदै हुनुहुन्छ । विभिन्न जारी वा प्रतियोगितामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भनेपनि पढेको अधिकांश सम्झिनसक्ने बन्नेगरी आज हामी उपाय दिँदै छौ । आफ्नो स्मरण शक्ति बढाउन नचाहने व्यक्ति सयदै कमै होलान् । सबैले आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । स्मरण शक्तिलाई हामीले बिभिन्न तरिकाहरु अपनाएर बढाउन सक्छौँ । हामीले स्मरण शक्ति बढाउने तल उल्लेखित कुराहरु लेखिरहँदा तपाईलाई ह्या यस्तो पनि हुन्छ जस्तो लाग्ला । तर बास्तवमा हो त्यस्तै । तिनै बिषयलाई जोड दिने हो भने स्मरण शक्तिमा सुधार हुन्छ । हामीले केही त्यस्ता बिषयहरु उल्लेख गरेका छौँ ।
१, दोहो¥याउने कुनै चिजलाई मनमनै दोहो¥याएमा त्यसलाई सम्झन सजिलो हुन्छ । साथै कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुन्छ ।
२, विषयलाई जोड्ने तपाई सिकिरहनुभएको कुरालाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । जसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।३। नौलो तरिका अपनाउने यदि तपाईं केही कुरा याद गर्न चाहनु हुन्छ भने नौँलो तरिका अपनाउनुहोस् । तपाईलाई एउटा उदाहरण भनौँ । तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुन्छ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउँछ । नभए तपाईँले सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुन्छ ।
४, कार्डमा लेख्ने तपाईले केही महत्वपूर्ण कुरा सम्झि राख्नु पर्ने छ भने त्यसलाई फ्लायस कार्डमा लेख्न सक्नु हुन्छ । जब तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुन्छ ।
५, गाउने र स्मरण शक्ति बढाउने तपाई कुनै कुरालाई स्मरणमा राख्न चाहनु हुन्छ भने आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस् । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।
६, पढेको कुरालाई महसुस गर्ने आफुले पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नु पर्छ । यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुन्छ । पढिरहेको बेलामा ती शब्दका बारेमा सोच्न सुरु गर्ने । कल्पना गर्ने ।
७, उदाहरण दिने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ भनिन्छ । बाँकी भाग प्रयोग गर्न सक्दैन् । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्ने । कुनै याद गर्नु पर्ने बस्तुलाई उदाहरण बनाएर याद गर्नुहोस् ।
November 5, 2018 12:06 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन