Thursday 14th May 2026

घरको लेटरबक्सले बचायो महिलाको ज्यान, हुलाकीले देखाए समझदारी

8 years अगाडी

एजेन्सी। अमेरिकाकी ५४ वर्षकी एक महिलाको ज्यान घरबाहिर राखिएको लेटरबक्सले बचाएको छ । उनको घरमा चिठी छोड्न आउने हुलाकीले समझदारी देखाएपछि उनको ज्यान बचेको हो । ती महिला आफ्नो घरको बाथटबमा ५ दिनदेखि कैदी बनेर फसिरहेकी थिइन् । नुहाउने क्रममा उनी त्यो सानो टबमा फसेकी थिइन् । उनको ज्यान तब बच्यो जब उनको घरमा चिठी छोड्न आएका हुलाकीले समझदारी देखाए । अमेरिकाको मिशिगनमा बस्ने महिला एलिसन गिब्सन मोटी छिन् । एलिसन सधैंझैं १५ अक्टोबरका दिन पनि आफ्नो बाथटबमा नुहाउन गइन् । उनी त्यही बाथटबमा बसेर नुहाइरहेकी थिइन् । नुहाइसकेपछि उनले बाहिर निस्कनको लागि त्यहाँ भित्तामा लगाइएको फलामको ह्याण्डिल समात्न खोज्दा थाहा भयो कि उनी त आफ्नो शरीर चलाउन पनि नमिल्ने गरी फसिसकेकी थिइन् ।

अरु बेला उनी त्यही पछाडि भित्तामा लगाइएको ह्याण्डल समातेर बाहिर निस्किन्थिन् । यस्तो तब हुन्थ्यो जब उनी सुतेर नुहाउँथिन् तर यसपटक उनले बसेर नुहाउने गल्ती गरिन् । यही क्रममा उनी यति नराम्रोसँग फसिन् कि उनलाई घुम्न पनि नमिल्ने भयो । महिलाको हालत तब खराब भयो जब उनले सम्झिन् कि उनले फोन त अर्को कोठामा छोडेर आएकी छिन् । घरमा एक्लै बस्ने भएका कारण कसैबाट सहयोगको आशा पनि थिएन । त्यसपछि उनले छिमेकका मानिसहरुलाई बोलाउन निकै चिच्याइन् तर कसैसम्म आवाज पुगेन ।महिला न त्यहाँबाट निस्कन सकिरहेकी थिइन् न कसैसँग सम्पर्क गर्न सकिरहेकी थिइन् । बाथरुम घरको पछाडिपट्टी थियो यसकारण कोहीसम्म उनको आवाज पनि पुग्न सकिरहेको थिएन । यस्तोमा उनी बाहिर निस्कनु निकै मुस्किल थियो । उनी त्यहीँ फसेको ५ दिना १९ अक्टोबरका दिन हुलाकी चिठी लिएर उनको घर पुगेपछि उनको ज्यान बच्यो । हुलाकी घरमा पुग्दा घरको लेटरबक्स भरिएको देखेपछि उनलाई शंका भयो । किनकि घर भित्रबाट बन्द थियो तर लेटरबक्सका चिठी निकालिएका थिएनन् ।

शंका लागेपछि हुलाकीले छिमेकीलाई यसबारे बताए । छिमेकीहरु जम्मा भएपछि केही घरको पछाडि गए र महिलालाई बोलाए । एलिसनले पनि उनीहरुलाई आफ्नो हालत बताएर मद्दत मागिन् । त्यसपछि छिमेकीले प्रहरीमा खबर गरे । पुलिस आएपछि उनीहरु झ्यालको बाटो एलिसनको घरभित्र गए र उनको ज्यान बचाए । एलिसनका अनुसार ५ दिन निकै कष्टसाथ बिते । उनले केही खान पाइनन् । जब चिसो लाग्थ्यो उनी तातो पानीले नुहाउँथिन् र तिर्खा लाग्दा चिसो पानी पिउँथिन् । उनलाई चार दिन अस्पतालमा राखेपछि पूरै ठिक भएर घर पठाइयो ।

          November 11, 2018 11:57 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...