

मन मष्तिस्क हल्लाइदिने दीपावलीको एउटा तस्बिर

एजेन्सी : उज्यालोको पर्व पर्व दीपावली नेपाल र भारत दुवै देशमा धुमधामसँग मनाइयो । दीपावलीको उत्साह अझै पनि मानिसहरुमा घटिसकेको छैन । तर यसैबीच एक तस्बिर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन तस्बिरले मानिसको दिल दिमाग हल्लादिन्छ ।
यो तस्बिरलाई भारतको मध्यप्रदेश राज्यको सबैभन्दा ठूलो सहर इन्दौरका ईश्वर शर्मा नामका व्यक्तिले फेसबुकमा सेयर गरेका थिए।
यो तस्बिर इन्दौरकै भनिएको छ । तर भारतीय सञ्चारमाध्यमका अनुसार यो तस्बिर इन्दौरको नहुन पनि सक्छ । भारतीय सञ्चारमाध्यमले यो तस्बिर भोपाल, ग्वालियर, जबलपुर, दिल्ली, कोलकाता या चेन्नई जहाँको पनि हुन सक्ने अनुमान गरेका छन् । ती सहरको हालत लगभग उस्तै हुने भएकाले यो अनुमान गरिएको हो ।
तस्बिरमा के छ ?
तस्बिरमा एक व्यक्ति ढुक्कसँग सडक किनारमै सुतेको देख्न सकिन्छ । उनीसँग उनका दुई बच्चा पनि फोहोर भइसकेको कम्बल ओढेर सुतेको देख्न सकिन्छ । जसमा एक बालिका जसको उमेर ५ देखि ७ वर्ष र अर्का बालक करिब अढाई वर्षका देखिन्छन् ।
सडक किनारमै सुतेका यी व्यक्तिको अगाडि केही सामानको ढाकी राखिएको छ । जसलाई देखेर उनी केही बेच्न त्यहाँ बसेका हुन् भन्ने सजिलै बुझ्न सकिन्छ ।
यीमध्ये केही हातले बुनेका बाँसका डाला पनि छन् । तर त्यहाँको अवस्था हेर्दा दिनभरीमा दुई तीनवटा मात्रै बिकेको अनुमान लगाउन सकिन्छ ।
आफ्ना सन्तान पाल्नका लागि बाँसको डालोले मात्रै नपुगेर यी व्यक्तिले तीनवटा खेलौना साइकल पनि राखेका छन् । तर ती पनि बिकेको देखिन्न । उनले बाँसबाट बनेका डाला नबिके पनि साइकल बिक्ने विश्वासका साथ त्यहाँ राखेका हुन् ।
यो तस्बिरमा पर पृष्ठभूमिमा दीपावलीको उज्यालो प्रष्ट देख्न सकिन्छ । तर वास्तवमा यो दीपावलीको उज्यालो यी व्यक्ति जस्तै हजारौँ लाखौँ मानिसको घरसम्म अझै पुग्न सकेको छैन । आफ्नो घरमा उज्यालो ल्याउन उनी जस्तै लाखौँ मानिस अहिले पनि सडकमै दिन रात बिताउन बाध्य छन् ।
भावुक बनायो
तस्बिरलाई देखेर सामाजिक सञ्जालका कयौँ प्रयोगकर्ता भावुक भएका छन् । उनीहरुले यो तस्बिरले भारतको पुरै समाजको खास तस्बिर देखाएको भन्दै सरकारमाथि ब्यंग्य पनि गरेका छन् ।
‘देशको वास्तविकता यही हो । हामीलाई कसैको प्रवाह नगरी जिउने बानी भएको छ’, सामाजिक सञ्जालमा एकजनाले लेखेका छन् । त्यसैगरी अर्का प्रयोगकर्ताले ‘यस्तो दृश्य देखेपछि किन किन थाहै नपाई आत्मग्लानी हुन थाल्छ । यिनको जिन्दगी अन्धारकारतिर धकेलेर हामीले भने चयनका साथ बाँचिरहेका छौँ ।’
November 11, 2018 8:20 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

