कुवेतबाट आँखाको क्यान्सर पिडित अंकित राईलाइ ८१ हजार रुपैयाँ भन्दा माथिको सहयोग हस्तान्तरण
कुवेत -खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल परिसरमा एनआरएन आइसिसी सदस्य अमित राई,गोरखापत्रका सहसम्पादक राजेश चाम्लिङ, लेखक तथा पत्रकार गणेश कुमार राई,समाजसेवि इन्द्र कुमार चाम्लिङ,अभियन्ता मातृका राई,जनालय अनलाईन न्युजका प्रबन्धक तथा सामाजिक अभियन्ता किशोर सुनुवार,पत्रकार राजकुमार खड्काको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

अंकितको आँखामा समस्या देखिए पछि गाउँबाट उपचारको लागि काठमाण्डौको तिलगंगा आँखा अस्पतालमा लागेको र उक्त अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले क्यान्सर जस्तो गम्भीर रोगको उपचारको लागि लामो समयसम्म किमो दिनु पर्ने साथै यो उपचारको लागि ठुलो धनराशी लाग्ने भएकोले र घरको आर्थिक स्थिति अत्यन्तै कम्जोर रहेकोले गत जुलाई महिनामा अंकितको बुबाले उपचार खर्चको लागि फेसबुक संजाल र मिडिया मार्फत आर्थिक सहयोग जुटाइदिन अपिल गरेका थिए ।

त्यस लगतै अंकितको उपचारको लागि देश तथा विदेशबाट आर्थिक सहयोग गर्दै आएको र उक्त आर्थिक सहयोगबाट उठेको रकमले लगातार उपचार भैरहेको क्रममा कुवेतबाट पनि नैनकला राईको नेतृत्वमा र सहयोगी साथीहरु क्रमशः भगिरथ राई, हरि राई, बैजन्ति राई र माया साम्पाङ राईको सक्रियतामा कुवेतमा कर्मथलो बनाउदै आउनु भएका नेपाली तथा गैर नेपाली दिदीबहिनी तथा दाजुभाईहरुले गर्नु भएको आर्थिक सहयोग ८१ हजार २६ रुपैयाँ संकलन गर्न सफल दाताहरु-
१. जय आले मगर – ५ केडी
२. सुरेश गुरुङ – ५ केडी
३. चन्द्र तामाङ – ५ केडी
४. शुकबहादुर गुरुङ – ५ केडी
६ . सरोज महतारा – २ केडी
७. इरेशा उपुला कुमारी – १ कडी
८ . देवराज भण्डारी – ०.५०० फिल्स
९. नैनकला राई – १० केडी
१०. माया साम्पाङ – १० केडी
११. बैजन्ति राई मार्फत – २१ केडी
१२ . युवक राई – ५ केडी
१३ . हरि राई मार्फत – ५१ केडी
१४ . भगिरथ राई मार्फत ८० केडी
१५. मन्जित राई – ५ केडी
१६. युवराज राई – ५ केडी
१३. गोबिन्द बराल १ केडी
१४. .१ केडी ५०० फिल्स
जम्मा रकम २१३ केडी मात्र
नेपाली रूपैया- ८१०२६ एकासी हजार छबिस रूपैया संकलित रकम हस्तान्तरण गरिएको जानकारी नैनकला राईले दिएका छिन् साथै यस अभियानमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नु हुने सम्पूर्णलाई राईले हार्दिक धन्यबाद व्यक्त गरेकी छिन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।