महिलाले यसरी थाहा पाउनुहोस् पहिलो पटक आफू गर्भवती भएको
एजेन्सी । सन्तान जन्मानका लागि महिला गर्भवती हुन्छिन्। कतिपय महिलाहरु चाहेर पनि गर्भवती बन्न सकेका हुँदैनन्। तर केही महिलाहरु भने नचाँहदा नचाँदै पनि गर्भवती बन्न सकिरहेका हुँदैनन्।यी दुवै अवस्था आउनुमा फरक फरक कारण हुन्छन्। कतिपय महिलाहरु मानसिक, आर्थिक र सामाजिक रुपमा परिपक्व नहुँदै सानो असावधानीले पनि गर्भवती हुन्छन् भने कतिपयमा स्वास्थ्यका कारणले लामो प्रयास गर्दा पनि गर्भवती बन्न सकिरहेका हुँदैनन्
महिलाले कसरी थाहा पाउने त आफू गर्भवती भएको ?
–महिला गर्भवती भएको पहिलो लक्षण नै महिनावारी रोकिनु हो । शारिरीक सम्पर्क भएपछि महिनावारी रोकिन्छ।
–गर्भवती भएपनि प्रायजसो महिलाहरुले स्वयं नै अनुभूति गर्न सक्छन् । जुन प्रायजसो सत्य सावित हुन्छ ।
–गर्भवती भएपछि महिलाको स्तनको टुप्पोमा कालो रङ देखा पर्नुका साथै दुख्ने गर्छ।
–गर्भवती भएपछि शरीरमा हर्मोनको वृद्धि हुने गरेकाले महिलाहरु चाँडै नै थकान महसुस गर्छन्।
–गर्भवती महिलाले शरीरमा नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानीपख ज्वरो आउने र शुररुवातका केही महिनामा वान्ता हुने गर्छ। तर बिस्तारै यो समस्या हट्दै जान्छ।
–बच्चा गर्भमा आएपछि नजन्मेसम्म महिलालाई बारम्बार पिसाव लाग्ने गर्छ। बच्चा बढ्दै गएपछि पिसव नलीमा पाठेघरले निरन्तर चाप दिने र मिर्गौलाबाट पनि अतिरिक्त रसायनहरु बाहिरीने भएकाले औषतमा बढी नै पिसाव लाग्छ।
–बच्चाको उचित विकासका लागि गर्भवती महिलाले अघिपछि भन्दा बढी पोसिलो खानेकुरा खानुपर्छ। बढी मात्रामा भिटामिन र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा केही खानेकुरा खान मन पर्दैन । तर खान भने छोड्नु हुँदैन। एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारणले कतिपय महिलालाई केही कुराको वास्ना तथा गन्धले पनि एलर्जी हुन सक्छ।
–गर्भवती महिलामा कहिलेकाँही कब्जियत पनि हुन सक्छ । यस्तो अवस्थामा तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ।
–बच्चा बढ्दै गएपछि आमाको शरीररमा भएको प्रोटिन बच्चालाई अवश्यक पर्ने भएकाले गर्भवती महिलाहरु कम्जोर भएर काम्ने र बेहोस हुने समस्या पनि आउन सक्छ । त्यसैले धेरै प्रोटिन र भिटामिनयुक्त खाना खानु जरुरी हुन्छ।
–पेटमा भएको बच्चाको वृद्धि र तौलमा हुने हेरफेरले गर्भवती महिलाको ढाड दुख्ने समस्या हुन्छ।
–गर्भवती महिलाको मन ज्यादै चन्चल हुन्छ । उनीहरुको व्यवहार छिनछिनमा परिवर्तन हुन्छ। तर सधैं तनाव लिएर मनमा नकारात्मक कुरा खेलाउँदा बच्चाको मानसिक विकासमा पनि असर पर्न सक्छ। एजेन्सीको सहयोगमा
November 14, 2018 12:22 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन