तलब भत्ता बढाउन खोज्ने सांसदहरुलाई साउदी अरेबियाबाट पत्र ।
साउदी अरबिया लगायत विभिन्न खाडि मुलुकमा रातदिन पसिना चुहाउदै पसिनाका थोपाले पोलेका आखा मिच्दै,भोक-तिर्खा, दुःखपीडा र कष्टकर जिबन भोग्दै १४/१५ घण्टा काम गर्दै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले बढिमा मासिक ३० हजार रुपैया भन्दा बढि बचाउन सक्दैनन । मरुभूमिमा कैयौं नेपाली युवायुवती जोखिम मोलेर काम गर्ने क्रममा कसैको ज्यानै जाने गर्दछ भने कसैको धनसम्पति सखाप हुने खालका रोग लागेर बेहाल भएको खबर जताततै सुन्न र देख्न पाइन्छ । त्यतिमात्रै कहा होर काम गर्ने क्रममा अंगभंग भइ अपांग जिन्दगीसँग लडि रहेका नेपालीहरुको पनि नै लामै सुचि रहेको छ ।
कतिपय नेपाली कामदारहरुले समयमा तलब पाएका छैनन् त्यसैगरी कम्पनीले अस्थायी आवासीय परिचय पत्र नबनाइदिदा परिचय पत्र बिनानै काम गरिरहेका छन् ,सम्झौता अनुसारको करार अबधि सकिएर पनि स्वदेश फर्कन नदिने कम्पनीहरु देखि पनि धेरै नेपाली कामदारहरु मारमा परेका छन् । जान-अञ्जनमा सजाय भोग्दै साउदीको जेलमा बन्दिजिबन बिताउने नेपाली देखि लिएर कम्पनीको लापरबाहीको कारण नगद जरिवानामा तिर्न बाध्यात्मककारि अवस्था छन् खाडी मुलुक पसेका नेपालीहरु ।
यता खाडिमुलुकमा रातदिन नभनि दुःख गर्दै कस्ट खेपिरहेका नेपाली युवा जमातको मुटु स्वदेशको पिडाले कुडिएर आउँछ । जताततै बिकराल अबस्था छ, देशमा अशान्तिको नारा घन्किएको छ । बलात्कार र भ्रस्टचारले देश चुर्लुम्म छ । रोगले थलिएर धेरै मानिसहरु ओछ्यानमा मृत्युसंग जुधि रहेकाछन् । स्कुल,कलेज,घास-दाउरा,मेलापात, खेतबारी,चाडपर्ब,धाराकुवा गएकाहरु ढुक्कसँग फर्कने अवस्था छैन । देशको बारेमा सोच्ने हो भने एक मिनेट पनि सुत्न र बस्न सकिदैन ! रगत उम्लिन्छ, मातृभुमि सिमानामा रोहिरहेकोछ ।जिल्ला-जिल्लामा सामान्य उपचार गराउन सक्ने हस्पिटल छैन, समयमै अौषधि उपचार नपाइ गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छ ।
तलब बढाउनु पर्छ भन्दै माग गर्ने नेपाली सांसदज्युहरु सोध्नुपर्ने प्रश्न, “देश र जनतालाई उपलब्धिमुलक काम के-के गर्नु भो त”? लाखौ लाख नगद खर्चेर मरुभूमि आएका नेपाली कामदारहरुले मासिक ३० हजार रुपैया बचाउन सकेका छैनन,आफ्नो परिवारको घर खर्च र ऋणको समुन्द्रमा चुर्लुम्म डुबेका नेपाली श्रमिकहरुका बारेमा कहिले सोच्ने कोशिश गर्नुभएको छ कि तिरतार दुखबिमार धानेका होलान यो बिषयमा सोच्नु भाको सांसद ज्युहरुले ? खाडी मुलुकमा रातदिन घोटिदै स्वदेश पठाएको खुनपसिन र रेमिट्यान्स्मा हालीमुहाली गर्न पल्केका महाशयहरुले अबता केहि सोच्ने कि देश र जनताप्रति ! उद्धारको पर्खाइमा रहेका पिडित र अन्याय खेपिरहेका आम नेपाली नागरिकहरुको बारेमा कहिले सोच्नु भएको छ कि सांसदज्युहरु ? खाडीको जेल,अस्पताल र कम्पनीमा रहेका पिडित नेपालीहरुको अबस्था के कसरहेका? सम्बन्धित निकायसँग सत्यतथ्य बुझि पिडित कामदारहरुलाई राहात दिलाउन सांसदहरुज्युको कर्तव्यबोध किन हुन नसकेको होला? खाडिमा उकुसमुकुस समस्याहरु भोगिरहेका नेपाली कामदारको बारेमा कहिले सांसद भबनमा आवाज उठछ ? अनि त्यो आवाज खाडीका कम्पनि मालिकहरुले सुन्छन त सांसदज्युहरु?
लेखकः लिला (बिचारी) बहादुर बुढाथोकी
हाल साउदी अरेबिया
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन