नेविसंघको भविष्य के होला? पार्टीका अगाडी तीन विकल्प
काठमाडौं । नेपाल विद्यार्थी संघको वर्तमान कार्य समितिको म्याद शनिबार अन्तिम दिन हो । यो विषयमा कुनै निर्णय नभए आइतबारदेखि नैनसिंह महर नेतृत्वको नेविसंघ स्वतः विघटन हुनेछ ।यस्तो अवस्थामा नेविसंघको भविश्यबारे टुंगो लगाउन माउ पार्टी नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक शनिबार दिउँसो बस्दैछ । शनिबारको केन्द्रीय समिति बैठकमा पार्टीले तीन वटा विकल्पमा छलफल गरेर टुंगो लगाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई जानकारी दिए ।उनका अनुसार वर्तमान कार्य समितिको म्याद थप्ने, महरकै नेतृत्वमा तदर्थ समिति गठन गर्ने, तथा नयाँ तदर्थ समिति गठन गर्ने भन्ने विकल्पमा छलफल हुनेछ ।
पार्टी सभापति शेरबहादुर देउवा स्ववियू निर्वाचन तथा पार्टीको महासमिति बैठकलाई कारण जनाउँदै यही समितिको म्याद थप्ने पक्षमा छ । तर, पौडल पक्ष भने विभाजित छ । उसले जे गरे पनि सभापतिको हात माथि पर्ने देखेपछि संस्थापन पक्षलाई जुन प्रस्ताव ल्याए पनि आरोप लगाउने तर, म्याद थप्ने विषयमा सहमति गर्ने अवस्था रहेको पौडेल निकट एक नेताले बताए । नयाँ तदर्थ समिति गठन गर्दा सबै पदाधिकारी देउवा पक्षमा पर्ने जोखिम रहेकाले पौडले पक्षले त्यस्तो जोखिम लिने अवस्था नरहेको बताइन्छ । वर्तमान समितिमा पौडल पक्षका पदाधिकारीको उपस्थिति बलियो अवस्थामा छ ।
तर, तीन वटै विकल्प मध्ये एकमा निर्णय गर्नुर्पे भए पनि कुनै पनि विकल्प प्रिय नभएको बताउँछन् पार्टी उपसभापति तथा नेविसंघका पूर्व अध्यक्ष विमलेन्द्र निधि । उनले कुनै पनि विकल्प प्रिय नभए पनि केही निर्णय गर्नुपर्ने वाध्यता रहेको बताए । महरको दुई वर्षे कार्यकाल सकिएपछि ३ महिनाभित्र महाधिवेश गर्न भन्दै पार्टीले यसअघि नै म्याद थपेको थियो । तर, सो मितिमा पनि महाधिवेशन हुन नसकेपछि फेरि म्याद थप्नुपर्ने अवस्था आइलागेको हो । यहीबीचमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग पार्टी एकता भएपछि त्यसक १५ जना विद्यार्थीलाई नेविसंघको केन्द्रीय समितिमा महरले मनोनयन गरे ।
सो मनोनयनमा पौडल पक्षले विरोध जनाउँदा नेविसंघमा विवाद बढेको थियो ।यसपछि पार्टी सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको निर्देशन समितिले विधानमा दिएको सुझावका आधारमा पार्टी केन्द्रीय समितिले बहुमतबाट ३२ वर्षे उमेर हद लगाएपछि झन विवाद बढेको छ । पौडेल पक्षले उमेर हदको विरोध गर्दै आएको छ ।
November 17, 2018 3:06 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन