अब फेसबुकले बनाइदिने छ, किशोरी र अधवैंसे पुरुषको जोडी
एजेन्सी । अब फेसबुकले किशोरी र अधवैंसे पुरुषको जोडी बनाई दिनेछ । सुन्दा अच्चम लागे पनि फेसबुकले त्यसका लागि सबै तयारी पुरा गरेको ।
टेलिग्राफका अनुसार फेसबुकले १३ वर्षभन्दा माथि उमेरका किशोरीले अब नयाँ फेसबुक अकाउण्ट बनाउँदा उनीहरुलाई फेसबुकबाटै अधवैंसे उमेरका केटा मान्छेहरुलाई साथी बनाउन सजेसन आउने छ । ३ सयभन्दा धेरै अधवैंसे केटाहरुको सजेसन किशोरीलाई पठाइने यो नयाँ फेसबुकको फिचर कार्यान्वयन भइसकेको छ ।
यो विषयमा फेसबुकले नयाँ नयाँ फेसबुक प्रयोगकर्तालाई सरक्षित सोसल नेटवर्किङका सबै मापदण्डमा राखिने बताएको छ ।
तर फेसबुकको यस्तो फण्डाको आलोचना भएको छ । बेलायतको नेशनल सोसायटी फर प्रिभेन्सन अफ क्रुएलिटी टू चिल्ड्रेनले यस्तो सजेसन बन्द गर्न आग्रह गरेको छ । उसले फेसबुकको यस्तो फिचरले यौनउत्पीडन बढाउने दावी गरेको छ ।
उसले भनेको छ, ‘सामाजिक सञ्जालमा बच्चाहरु साथी बनाउँछन्, उनीहरुको सम्पर्कबारे जानकारी हुन्छ, साथीका साथी फ्रेण्डसिप गर्छन्, उनीहरुलाई रिक्वेस्ट आउँछ, जबकी यसको कुनै परमाणित जानकारी हुँदैन । यसैले यस्तो सजेसन बन्द गर्नुपर्छ ।’
अक्टुबरमा फेसबुकले अटोमेटिक सफ्वेयरबाट बच्चाहरुको अश्लिलतासँग सम्बन्धित ८७ लाख यूजर डाटा हटाएको थियो । फेसबुकले बालबालिकाको सुरक्षाका लागि मापदण्ड अपनाइएको तर्क गर्दै आएको छ ।
November 18, 2018 8:44 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।