भाइरल यो तस्वीरको रहस्य के हो ?
एजेन्सी । वाट्सएपमा एक हैरान गर्ने तस्वीर शेयर भइरहेको छ । यसमा पाँच बालकका शव एक तलाउमा देख् सकिन्छ । फोटोका साथै यी बालबालिकालाई मानवअंग तस्करले हत्या गरेको हल्ला गरिएको छ ।
तस्वीरसँगै एक अडियो क्लिप पनि छ । जसमा नाटीयक आवाजमा मानिसहरुलाई सचेत गरिएको छ । यी बच्चाहरुलाई विभिन्न स्थानबाट अपहरण गरिएको र अंंग निकालेपछि शव तलाउमा फालिएको सो आवजमा सुन्न सकिन्छ ।
तमिलनाडु प्रहरीले यी शवहरु एक कन्टेनरबाट निकालेको पनि भनिएको छ । अडियोको अन्त्यमा क्लिप शेयर गर्न अपिल गरिएको छ ।
अडियोमा एक व्यक्तिले भन्छ्, ‘तमिलनाडु प्रहरीलाई एक कन्टेनरमा बालबालिकाका शव प्राप्त भए । यी बच्चाको किड्नी र कलेजो निकालिएको छ।’
इंडिया टूडेको फ्याक्ट चेक टीमले आफ्नो छानविनमा फोटोका साथमा रहेको अडियो क्लिपमा मानिसलाई गुमराह गर्ने प्रयास गरिएको बताएको छ । फोटो र अडियोको कुनै सम्बन्ध नरहेको अनुसन्धानमा पत्ता लागेको बताइएको छ ।
तस्वीर मध्य प्रदेशको बरवानीको हो । जहाँ एक व्यक्तिले आफ्ना पाँच छोरालाई तलाउमा धक्का दिएर हत्या गरेको थियो । अडियोमा यस व्यक्तिले एक कन्टेनरसँग कुरा गरिरहेको सुन्न सकिन्छ जसमा बच्चाका शव फेला परेका थिए । तर, फोटो हेर्दा थाहा हुन्छ त्यहाँ कुनै कन्टेनर छैन । एक सानो तलाउ छ ।
छाविनअनुसार प्राप्त रिपोर्टमा विभिन्न तथ्य फेला परेका छन् । रिपोर्टअनुसार यसै वर्षको अक्टुबरमा बरवानीको चिखली गाउँको भतार सिंहले स्वीकार गरेको थियो की उसले आफ्ना पाँच छोरालाई तलाउमा धक्का दिएर हत्या गरेको थियो । स्थानीय पत्रिकामा प्रकाशित समाचारअनुसार सो हत्या आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
छानविनमा यो तस्वीर र अडियो क्लिपबारे कुनै पनि सम्बन्ध नभएको फेला परेको छ । र यो तस्वीर तथा अडियो तमिलनाडुको भएको कुनै पनि प्रमाण फेला परेको छैन ।
November 18, 2018 8:49 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन