खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका टुहुरा परिवारलाइ ५० हजार सहयोग
दिलकुमार पाख्रीन/ १९ नोभेम्बर, कुवेत। हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ। अनिच्छुक गर्भपतन गराउने क्रममा २०७३ सामाला जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मिहरुको लापरबाहीले अकालमै ज्यान गुमाएकी तलकुमारी राई र गत साउनमा करेन्ट लागेर मृत्यु भएका चन्द्र किरातको ५ छोरी २ छोराहरुलाइ गाँस बास कपास र उच्च शिक्षाका लागि उक्त आर्थिक सहयोग गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राइले बताएका छन।

कुवेतबाट दुई संस्थाले गरेको उक्त सहयोग रकम गत सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राइद्वारा पिडित मध्यकी जेठी दिदिलाइ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ।
आमाको मृत्यु भएको दुई बर्ष नबित्दै पिताले पनि ज्यान गुमाएपछी एकै परिवारका ७ जना टुहुरा बनेका थिए। यो बिसयमा स्थानिय तथा देश विदेशबाट विभिन्न मिडियाबाट समाचार छापिए पछि देश विदेश गरि विभिन्न ब्याक्तित्वहरु तथा संस्थाहरुले आर्थिक सहयोग गरिरहेको छ। देश विदेशबाट सहयोग आउन थालेपछी जेठी छोरिको नाममा माछापुच्छ्रे बैंकको शाखामा खाता खोलेर जम्मा गराइरहेको छ। हालसम्म पिडित परिवारको लागि उक्त खातामा १३ लाख १२ हजार ४९१ रुपैयाँ जम्मा भएको स्रोतले जनाएको छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।