बिहेका लागि बेहुलीले राखिन् अनौठो शर्त, पूरा नभए बिहे नै नगर्ने
एजेन्सी। बिहे गर्नका लागि विभिन्न शर्तहरु राखिन्छ । तर, ती शर्तहरु पारिवारिक सम्बन्धका विषयमा हुन्छन् । तर, अहिले एक बेहुलीको चर्चा बढेको छ जसले बिहेको लागि निकै अनौठो शर्त राखेकी छिन् । भारतमा मध्यप्रदेशको नागदा जिल्लाकी दीपिका सोनी नामकी यी बेहुलीले आफ्ना हुनेवाला पतिको अगाडि शर्त राखिन् कि २८ नोभेम्बरमा हुने मतदानको दिन मतदान गर्न माइती जान दिेभए बिहे गर्छु नभए बिहे नै गर्दिन । दीपिकाको शर्त पति र परिवारले मानेपछि मात्र विवाहको कार्यक्रम सुरु भयो ।
आइतबार बिहेको लागि शर्त राखेकी दीपिकाको आज विवाह भएको छ । दीपिकाको बिहे राजस्थानको झालावाड जिल्लाका नितेशसँग पक्का भएको थियो । विवाहको लगि आज १९ नोभेम्बरको दिन शुभ साइत निकालिएको थियो । अहिले मध्यप्रदेशमा चुनावी माहोल छ र दीपिकाको मतदान गर्ने इच्छा भएपछि उनले यस्तो शर्त राखेकी थिइन् । दीपिकाका अनुसार उनलाई मतदान गर्ने प्रेरणा पिता ओमप्रकाश सोनी र आमा शारदाबाट प्राप्त भएको हो । दीपिकाले १८ वर्ष उमेर हुनासाथ मतदाता परिचय पत्र बनाएकी थिइन् ।
November 20, 2018 10:36 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन