युएईबाट इन्डोनेसियाका लागी कराँते खेलाडी लाई बिदाई
युएई – युएईमा बाट इन्डोनेसियामा खेल्न जाने कराँते खेलाडी हरुलाई युएईवासी नेपालीले भब्यरुपमा बिदाई गरका छन् । इन्डोनेसियाको राजधानी जकार्तामा हुन गईरहेको छैटौं एसियन गोजुरियो कराते डो फेडरिएसन च्यामपिएनसिपमा ( 6th Asian Gojuryu Karate Do Federation (AGKF) Championship ) भाग लिन जाने एभरेष्ट मार्सलआर्ट युएइका कराँते खेलाडी हरुलाई गत आइतवार एभरेष्ट मार्सलआर्ट ट्रेनिङ्ग क्लब हलमा एक कार्यक्रम गरी बिदाई तथा सफलताको शुभकामना दिएका हो ।
एभरेष्ट मार्सलआर्टका अध्यक्ष पबित्रा भण्डारीको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रमका प्रमुख अतिथी हीरालाल श्रेष्ठको रहेको थियो भने बिशेष अतिथिमा एन आर एन ए दुबईका अध्यक्ष मदन अधिकारी रहेका थिए । अन्य संघ- सँस्था उच्चा पदाधिकारी लगाएत खेलाडी हरुको उपस्थित रहेको थियो ।

नोभेम्बर २२ देखी २५ सम्म हुने अन्तराष्ट्रिय कराँते फेस्टिबलमा भागलिनका लागी एभरेष्ट मार्सलआर्टका प्रसिक्षक तथा प्राबिधिक निर्देसक रबी शाही सहीत बिजय तामाङ, कुमार भुषाल, राम तामाङ, लोक बहादुर श्रेष्ठ लगायत जम्बो टोली आज साँझ ईन्डोनेसियाको राजधानी जाकर्ता तर्फ प्रस्थान गर्दै छन । युएईमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा भाग लिँदै धेरै पदक हरुपनी जित्दै आएको एभरेष्ट मार्सलआर्टले यो पटक पनी एसियन गोजुरियो कराते दो मा पनी भाग लिन ईन्डोनेसियाको राजधानी जाकर्ता पुग्ने भएको हो ।
November 20, 2018 12:52 pm | खेलकुद,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।