८०हजार घुससहित रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अख्तियारद्वारा पक्राउ
7 years अगाडी
Nepal Drishti
रुपन्देही । सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अवैध घुससहित पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भैरहवामा पक्राउ गरेको हो ।

टोलीले निरौलालाई ८० हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको हो । अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ ।
यसैबीच मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको अवैध रकम ८० हजारसहित पक्राउ परेका रुपन्देहीका जिल्ला न्यायाधीवक्ता निरौलालाई काठमाडौं ल्याइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंको टोलीले निरौलालाई आज पौने १२ बजे घुससहित सरकारी वकिलको कार्यालय भैरहवाबाट पक्राउ गरेको थियो ।
पक्राउ परेपछि उनीमाथि कार्यालयमा नै थप अनुसन्धान गरिएको अख्तियार प्रवक्ता रामेश्वर डङ्गोलले जानकारी दिए ।news24 बाट
November 20, 2018 3:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...