Thursday 16th May 2024

शारिरीक सुखको बेला किन चुम्बन गर्न मन लाग्छ ?

5 years अगाडी

मेरो उमेर २५ बर्षको भयो । विवाहित महिला हुँ । हाम्रो विवाह भएको एक वर्ष भयो । श्रीमान्ले शारिरीक सुखका बेला ओठ, जिब्रो तथा शरिरका विभिन्न भागमा चुम्बन गर्नुहुन्छ । ओठ निकै बेर चुस्नुहुन्छ । चुम्बनमा बढी नै समय बिताउनुहुन्छ । उहाँले किन यसो गर्नुभएको होला ? –गोमा प्रेम आफ्नो चरमसीमामा पुगेका बेला स्त्रीपुरुषका मनले एकअर्काका अंगमा कुनै फरक देख्दैनन् । त्यसैले शारिरीक सुखको चाहना तीव्र भएपछि उनीहरू एकअर्काका गोप्य अंगलाई चुम्न तथा चुस्न थाल्छन् । कतिपय आपत्तिजनक भनिने क्रियाकलाप गर्न जोडीहरू पछि पर्दैनन् । शारिरीक सुख प्राप्तिको क्रीडामा यस्ता क्षणहरू कहिलेकाहीँमात्र आउँछन् । अधिकांश लामो समयसम्म टाढा रहेर मिलन हुँदा शारिरीक सुखको जोडीले अंगहरूलाई चुम्नु र चुस्नु शारिरीक सन्तुष्टि लिने एक क्रियाको हिस्सा नै बनिसकेको छ ।

पुरुषले स्त्रीलाई अँगालोमा बाँधेर प्रेमक्रीडा आरम्भ गर्छ । त्यसपछि उसले स्त्रीका ओठ, गाला, गर्दन र स्तन आदि केन्द्रमा चुम्बन गर्न थाल्छ । स्त्रीको शरीरमा केही अंग विशेष कामकेन्द्र मानिएका छन्– निधार, कान, कपाल, ओठ, परेला, स्तन, गाला, दाँत, जिब्रो आदि । आलिंगन सँगै चुम्बन जारी राख्नुपर्छ । ओठ चुस्नु अत्यन्तै प्रभावकारी हुन्छ । यस चुम्बनमा स्त्रीपुरुष दुवैलाई अन्य चुम्बनका अपेक्षा बढी सुख अनुभूत हुन्छ । स्तन स्त्रीको शारिरीक सुखको बेला चेतनाको प्रमुख केन्द्र हुन् । स्तनको आकर्षणले पुरुषको मनमा शारिरीक सुख ल्याउने कामना जगाउँछ । स्तन मुर्सादा र चुम्दा स्त्रीमा शारिरीक सुखको भोक जागेर आउँछ । उसमा चाहनाको ज्वाला दन्किन्छ । अंकमालमा शक्ति लगाएर बाँधिँदा दुवैका छाती एकअर्कामा जोडिन्छन् । छातीको घर्षणले पनि एकअर्कामा उत्तेजना उत्पन्न गर्छ ।

शारिरीक सुखको क्रियामा लज्जाका कारण स्त्री पुरुषजसरी सक्रिय रूपमा सहभागी हुन सक्दिनन् । यसतर्फ पुरुषले भिन्न कुरा गरेर उनलाई प्रोत्साहित गर्नुपर्छ । बिस्तारै उनको संकोच हटेपछि उनले आलिंगन, चुम्बन आदि क्रियामा सहभागिता गर्न थाल्छिन् ।रतिक्रीडाका लागि समयको निश्चित अवधि तोक्न सकिँदैन । किनभने, केही स्त्री शारिरीक सुख प्राप्त गर्ने क्षणतर्फ आरम्भ गरिएको केही बेरमै शारिरीक सुख प्राप्तिको दिशाका लागि तत्पर हुन्छन् भने केहीको कामोत्तेजना जागृत हुन बढी समय लाग्ने गर्छ । उनले आफ्नो क्रियाकलापबाट शारिरीक सुख पाउने प्रक्रिया शुरु गर्ने चाहना प्रकट गरेपछि मात्रै विवेकशिल पुरुषले शारिरीक सुख पाउने क्रिया थाल्नुपर्छ ।शारिरीक सुख पाउने क्रियामा आफ्नो उत्तेजनामा पूर्ण संयम राखेर पुरुषले स्त्रीले चाहेको समयसम्म आफूलाई क्रियाशील राख्नुपर्छ । अन्यथा, अत्यधिक कामोत्तेजनाका कारण पुरुष मुख्य शारिरीक सुख प्राप्त गर्ने क्षण भन्दा पहिला वा भनौँ स्त्रीले पूर्ण सन्तुष्टि प्राप्त गर्नुअघि नै स्खलित हुन्छ । यसैले सचेत बनौँ ।

          November 21, 2018 12:25 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...