शृङ्खला मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा
काठमाडौं : चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन्। एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।
टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन्। उनले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् । ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’
मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन्।
यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि छन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ।
November 22, 2018 11:32 pm | चलचित्र,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन