आमाको मृत्युपछि घर सफा गर्दा बाकसमा भेटियो लाश, आमाले वर्षौं लुकाएकी थिइन् रहस्य
लण्डन। इङल्याण्डको एक परिवारका छोराछोरी आफ्नी आमाको मृत्यु भएपछि उनको पुरानो घरको सरसफाइ गरिरहेका थिए । यही क्रममा उनीहरुले एउटा बाकसमा राखिएको बच्चाको लाश देखेपछि नराम्रोसँग झस्किए । यो लाशलाई ममीजस्तै लेप लगाएर सुरक्षित राखिएको थियो । पछि थाहा भयो कि यो लाश उनीहरुकै दाजुको थियो जसको बारेमा आमाले उनीहरुलाई कहिल्यै बताएकी थिइनन् । यहाँसम्म कि त्यो बच्चाको बारेमा उनीहरुका पितालाई समेत थाहा थिएन । यो रहस्य उनीहरुकी आमाले सबैसँग लुकाएर राखेकी थिइन् ।
इङल्याण्डको नर्थलर्टन शहरमा बस्ने दुई दिदीबहिनी र एक भाइ आमा क्यारोलको मृत्युपछि घरको सफाइ गर्दै थिए । यही क्रममा उनीहरुले भर्याङमुनि राखिएको डेढ फिटको बाकस भेटे । बाकसभित्र एक नवजात शिशुको शव राखिएको थियो । शव कपडामा बेरिएको थियो । शवलाई ममीजस्तै लेप लगाएर सुरक्षित राखिएको थियो । यसका अलावा बाकसमा केही खामहरु पनि थिए । उनीहरुलाई यसबारे केही जानकारी थिएन त्यसपछि उनीहरु नजिकैको पुलिस स्टेशन पुगे ।
पुलिसले यस विषयमा सबैभन्दा पहिले परिवारका सदस्यहरुसँग सोधपुछ गर्यो । तर, सबैले कुनै जानकारी नभएको बताएपछि पुलिसले नवजात शरीरको पोष्टमार्टम र डिएनए परीक्षण गरायो । डिएनए परीक्षणबाट थाहा भयो कि त्यो नवजात शिशु उनीहरुकी आमा क्यारोलकै छोरा थिए । नवजात जुन कपडामा भेटिएका थिए त्यसको जाँचबाट थाहा भयो कि कपडा ६० वर्ष पुरानो थियो । बाकसमा भेटिएका खाममा राखिएको चिठीमा अगष्ट १९६८ को मिति लेखिएको थियो ।
सोधपुछका क्रममा क्यारेलका पूर्वपति र ती तीन सन्तानका पिता मेल्भिन थम्पसनले बताए कि यो गर्भको लागि उनी जिम्मेवार थिएनन् । न उनलाई यो बाकस र बच्चाको बारेमा थाहा छ । क्यारोल र मेल्भिनको विवाह १९६८ मा भएको थियो । त्यसपछि उनीहरु नर्थलर्टनका केह िठाउँमा सर्दै बसे । १९९६ मा उनीहरुको सम्बन्धविच्छेद भयो । यही वर्ष क्यारोलको पनि मृत्यु भयो । क्यारोलका जीवित ३ सन्तानको जन्म १९६८ पछि भएको थियो र यिनीहरुमध्ये कसैलाई पनि आफ्नो चौथो दाजुको बारेमा थाहा थिएन ।
यी शिशु १९६८ भन्दा पहिले जन्मिएका थिए जसको अर्थ क्यारोल बिहेभन्दा पहिले पनि एक पटक आमा बनेकी थिइन् । तर, उनले जिन्दगीभर यसबारे कसैलाई बताइनन् । जाँच अधिकारीका अनुसार यो पत्ता लगाउन सम्भव छैन कि बच्चाको मृत्यु कसरी भयो । जाँच अधिकारीले यसअघि यस्तो केस कहिल्यै नदेखेको बताएका छन् । नवजात ९ महिना गर्भमै पूरा भएर जन्मिएको जाँचमा खुलेको छ ।
November 28, 2018 10:15 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन