करोडौंमा बिक्छन् यी युवतीको गन्हाउने मोजा, निकै अनौठो छ कारण !
के तपाइँ अरुले प्रयोग गरेका गन्ध आउने मोजा लगाउन सक्नुहुन्छ ? सायद गाह्रो मान्नुहुन्छ । तर तपाइँजस्तै सबै मान्छे कहाँ हुन्छन् र ? यो दुनियाँमा कोही मानिस आफूले प्रयोग गरिसकेका गन्हाउने मोजा बेचेरै करोडपति बनेका छन् । बेलायतमा एकजना महिला यस्ती छिन् जसले आफूले प्रयोग गरिसकेका मोजा तथा जुत्ता बिक्री गरी वर्षमा डेढ करोड बराबरको रकम आम्दानी गर्छिन् ।
३३ वर्षकी रक्सी स्काइजका खुट्टा निकै सुन्दर छन् भनेर एकजना साथीले प्रशंशा गरेपछि उनलाई आफ्ना खुट्टाबाटै चर्चित भएर मालामाल बन्ने सोँच आयो । त्यसपछि उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट खोलिन् । अनि आफ्ना सुन्दर खुट्टाका तस्वीरहरु अपलोड गर्न थालिन् । उनी विस्तारै इन्स्टाग्राममा लोकप्रिय बन्दै गइन् र खुट्टाको तारिफ गर्नेहरुको संख्या बढ्दै गयो । साथै धेरै फ्यानले उनलाई आफुले लगाएका जुत्ता तथा मोजा दिनका लागि आग्रह गर्न थाले । कतिपयले त उनका जुत्ता मोजा पाएमा जतिपनि मूल्य तिर्न तयार रहेको बताए ।
लण्डनमा बस्ने रोक्सीले त्यसपछि सोसल मिडियाबाटै आफ्ना सुन्दर खुट्टामा प्रयोग गरिसकेका जुत्ता तथा मोजाहरु लिलाम गर्ने घोषणा गरिन् । त्यसपछि उनले २० पाउण्डमा एकजोर मोजा र २ सय पाउण्डमा एकजोर जुत्ता बेच्न थालिन् । उनका फ्यानहरु उनले लगाएका जुत्तामोजा किन्न मरिहत्ते गर्दछन् र अनलाइन मार्फत अर्डर गर्दछन् । ४ वर्षदेखि यसरी अनलाइन मार्फत आफुले लगाएका जुत्ता मोजा बेच्दै आएकी रोक्सीले अहिले महिनामा अधिकतम ८ हजार पाउण्ड सम्म कमाउँछिन् ।
November 28, 2018 11:58 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन