ॐ जप गर्नुहोस् ! अनेकौं शारीरिक समस्याबाट छुटकारा पाउनुहोस्
काठमाण्डौ । ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुादैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिादैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ ।
ॐ तीन अक्षर अ, उ र म मिलेर बनेको छ । अ को अर्थ हुन्छ उत्पन्न हुनु, उ को अर्थ हुन्छ उठ्नु वा विकास हुनु र म को अर्थ हुन्छ मौन हुनु वा ब्रह्मलीन हुनु । यस्तै ॐ ले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनलाई समेत बुझाउाछ । यसैगरी ॐ ले हिन्दू धर्मका त्रिदेव ब्रह्मा, विष्णु र शिव तथा त्रिदेवी सरस्वती, लक्ष्मी र पार्वतीलाई समेत बुझाउाछ ।
ॐ को नियमित जप गर्नाले अनेकौं शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ ः-
– थाइराइडको समस्या छ भने ॐ को उच्चारण गर्नु लाभदायक हुन्छ । ॐ उच्चारण गर्दा घााटीमा कम्पन पैदा हुन्छ जुन कम्पनले थाइराइड ग्रन्थिमा सकारात्मक प्रभाव पार्छ र समस्या हटाउन मद्दत गर्छ । ॐ को उच्चारणबाट स्वरयन्त्र तथा घाटीको मांसपेशी मजबुत हुन्छ । बढ्दो उमेरमा यो थप फाइदाजनक हुन्छ, नियमित अभ्यास गरिहेर्दा यसको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।
– ॐ को नियमित उच्चारणबाट पैदा हुने कम्पनले स्वरयन्त्रका साथै साइनसमा समेत प्रभाव पार्छ ।
-आत्तिने, डराउने वा घबराहट महसुस हुने समस्या भए त्यस्तो भएको बेलामा आाखा बन्द गरेर ५ पटक गहिरो सास तान्दै ॐ को उच्चारण गर्ने हो भने नसोचेको फाइदा प्राप्त हुन्छ ।
– तनाव भएको बेलामा ॐ को उच्चारण गर्नु फाइदाजनक हुन्छ ।
– ॐ को उच्चारण गर्दा शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ, शरीरमा कुनै टक्सिन बााकी रहादैन र तनाव टाढा भाग्छ ।
– ॐ को नियमित उच्चारणले रक्त प्रवाह सुचारू बनाएर मुटुलाई स्वस्थ बनाइराख्छ ।ॐ को नियमित उच्चारणले पाचन प्रणाली बलियो बनाउाछ ।
– ॐ को नित्य उच्चारण गर्दा शरीरमा सदैव युवावस्थाको जस्तो स्फूर्ति आइरहन्छ ।थकान हटाउनका लागि ॐ को उच्चारण गर्नुजस्तो सहज एवं प्रभावकारी उपाय अर्को छैन ।
– अनिद्राको समस्या छ भने सुत्नुअघि केहीबेर ॐ को उच्चारण गर्नु प्रभावकारी उपाय हुनसक्छ । तसर्थ ओछ्यानमा ग्एपछि ॐ को उच्चारण गर्नुपर्छ ।
– ॐ को नियमित उच्चारण गर्दा फोक्सो स्वस्थ रहन्छ ।
-सुखासन वा पद्मासनमा सीधा बसेर ॐ को उच्चारण गर्दा हुने कम्पनले मेरूदण्डको हड्डी मजबुत बनाउाछ ।
– ॐ को नियमित उच्चारण गर्दा तौल नियन्त्रित हुन्छ अनी सरीर तन्दुरुस्ट हुन्छ। – एजेन्सीको सहयोगमा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन